९ असार २०८३, मंगलवार
,
Latest
चिया उद्योगको संकटबारे सरकारलाई एमालेको ध्यानाकर्षण सरकार तानाशाही, स्वेच्छाचारी तथा अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको एमालेको आरोप, संसदमा प्रतिवाद गर्ने ‘कांग्रेस जनसेवामा समर्पित हुनुपर्छ’ रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण राजनीति जनताको सेवा गर्ने औजार होः मन्त्री तिमिल्सिना विष्णु पौडेल पक्राउविरुद्ध संसद्मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले ओरालो लागेर दुई हजार ६७४ दशमलव ४८ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३१ अङ्कले ओरालो लागेर ४६१ दशमलव ४८ मा सीमित भएको छ । कूल ३५३ कम्पनीको एक करोड ४० हजार १६४ कित्ता शेयर रु चार अर्ब ३६ करोड २१ लाख ९४ हजार ७७१ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएकामध्ये आज २२ कम्पनीको मात्रै शेयर मूल्य वृद्धि भएको छ । नेप्सेका अनुसार, २३९ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा ११ कम्पनीको भने कुनै परिवर्तन भएन । कारोबारका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । सोपान फर्मास्यूटिकल्स, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट र बुङ्गल हाइड्रोपावर शीर्ष स्थानमा छन् ।

आजको कारोबारमा टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, लक्ष्मी उन्नति कोष, सिद्धार्थ इन्भेस्टमेन्टग्रोथ स्किम तेस्रो र सनराइज ब्ल्यूचिप फण्डका लगानीकर्ताले कमाएका छन् । बुङ्गल हाइड्रो, अपोलो हाइड्रोपावर, सोपान फर्मास्यूटिकल्स, कालिञ्चोक हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोका शेयरधनीले भने गुमाएका छन् ।