१५ भाद्र २०८३, सोमबार
,
Latest
त्रिशूली पारीको भूभाग सडक सञ्जालमा जोडियो पनौती नगरपालिकाले बाढी प्रभावितलाई ३० लाख सहयोग गर्दै विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगर्ने पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनको रकम नपाउने बाढीपहिरोमा ज्यान गुमाएकाको पशुपतिमा निःशुल्क दाहसंस्कार र कृयापुत्री सेवा सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने ‘नेपालको दुःख हाम्रो पनि दुःख हो’ भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकद्वारा रसुवा बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख सहयोग भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज
तपाईं के खोज्दै हुनुहुन्छ ?

कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा



अ+ अ-

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीका कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मुकेश कुमार कपुरले नियुक्त भएको एक सातामै पदबाट राजीनामा दिएका छन्।

कम्पनीले एक साताअघि कपुरलाई कायममुकायम सीईओको जिम्मेवारी दिएको थियो। तर उनले असार ८ गते सोमबार नायब प्रमुख कार्यकारी अधिकृत तथा कायममुकायम प्रमुख कार्यकारी अधिकृत दुवै पदबाट राजीनामा दिएका हुन्।

कपुरको राजीनामासँगै हिमालयन रिइन्स्योरेन्सको नेतृत्वमा फेरि रिक्तता सिर्जना भएको छ। यद्यपि उनले राजीनामा दिनुको कारणबारे कम्पनीले हालसम्म औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

कपुर कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा कार्यरत थिए। उनलाई अस्थायी रूपमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो। तर जिम्मेवारी सम्हालेको छोटो समयमै उनले पद त्याग गरेका हुन्।