३० श्रावण २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा सबैका लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति होः मुख्यसचिव कार्की बजेट कार्यान्वयन र आर्थिक सुधारका लागि नेपाल उद्योग परिसंघको जोडः ७० बुँदे ‘बजेट वाच’ दस्तावेज… मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको वृद्धि, ४७.८ अर्ब रिंगिट बराबरको काम सम्पन्न होर्मुज जलसन्धिलाई अमेरिकी क्षेत्र घोषणा गर्ने ट्रम्पको अभिव्यक्ति बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण १५ जनामा औलो रोगको सङ्क्रमण पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

नेता खरेलको ८० वर्षको उमेरमा आइतबार राति बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । सभापति थापाले आज शोक सन्देशमार्फत उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजन समवेदना प्रकट गर्नुभएको छ ।

विद्यार्थी जीवनदेखि नै कांग्रेसको आदर्श, सिद्धान्त र लोकतान्त्रिक आन्दोलनमा निरन्तर समर्पित रहनुभएका नेता खरेलको नेपालको लोकतान्त्रिक आन्दोलनका क्रममा पटकपटक गरी झण्डै नौ वर्ष जेल जीवन बिताउनुभएको थियो । सुब्बा देवीप्रसाद र मुकुन्दकुमारी खरेलको माइलो सन्तानको रूपमा विसं २००३ मा काभ्रेपलाञ्चोक खरेलथोकमा जन्मनुभएका खरेल कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहनुभएको थियो ।

जननायक बिपी कोइराला, लौहपुरुष गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराईको सामिप्यमा रहेर उहाँले पार्टी सङ्गठनका लागि उल्लेखनीय योगदान पु¥याउनु भएको पार्टी कार्यालयले जनाएको छ । विसं २०४९ देखि २०५३ असारसम्म कांग्रेसको केन्द्रीय कार्यालय उहाँकै बानेश्वरस्थित घरबाट सञ्चालन भएको थियो ।

विसं २०४८, २०५१, २०५६ र २०६४ को आमनिर्वाचनमा काभ्रेपलाञ्चोक जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ बाट उहाँ कांग्रेसको उम्मेदवार हुनुभयो । विसं २०५६ को आमनिर्वाचनमा काभ्रेपलाञ्चोकको क्षेत्र नं ३ बाट विजयी हखरेल शिक्षा राज्यमन्त्री हुँदै महिला बालबालिका तथा समाज कल्याणमन्त्री हुनुभयो ।

उहाँको निधनबाट कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, निष्ठावान एवं अनुभवी राजनीतिज्ञलाई गुमाएको जनाएको छ । उहाँका तीन छोरा कृष्णचन्द्र खरेल, महेश खरेल (पाँचखाल नगरपालिकाका प्रमुख एवं काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ का क्षेत्रीय सभापति) र शैलेस खरेल हुनुहुन्छ ।