१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास:भूमाफिया किटान गरिएका रामकुमार सुवेदी पक्राउ



अ+ अ-

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा भूमाफिया भनी किटान गरिएका रामकुमार सुवेदी पक्राउ परेका छन् ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले गए राती स्वयम्भूबाट पक्राउ गरेको हो ।  सुवेदीसंगै उनकी पत्नी माधवी सुवेदी पनि पक्राउ परेका छन् ।

सुवेदी दम्पतिलाई म्याद थपका लागि प्रहरीले काठमाडौं जिल्ला अदालतमा पेश  गरेको छ ।  सुवेदी दम्पतीसहित ११० जनाविरुद्ध ललिता निवास जग्गा प्रकरणमा बिगो कैद सहित हडपिएको जग्गा फिर्ताको माग दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते विषेश अदातलमा मुद्दा दायर गरेको थियो । आयोगले अनुसन्धान सुरु गरेपछि सुवेदी दम्पती फरार भएका थिए ।