५ असार २०८३, शुक्रबार
,
Latest
यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत गाजाका सबै सिमाहरू खोली सहायता आपूर्तिका प्रतिबन्धहरू हटाउन राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारसँग हर्कराज राईको मागः सुकुम्बासीहरुको तत्काल पुनर्वासको व्यवस्था गरियोस्



अ+ अ-

काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले डोजर चलाएर बेघरबार बनाएर सुकुम्बासीहरुलाई उनीहरु बसेको पुरानै ठाउँमा पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले डोजर आतंकबाट विस्थापित भएका सुकुम्बासीहरुले होल्डिङ सेन्टरमा खाना र पानीको समेत अभाव झेलिरहेको उल्लेख गर्दै उहाँले उनीहरुलाई राहत दिने र पुनर्वासको तत्काल व्यवस्था गर्न सरकारलाई सचेत गराउनु भयो ।

अध्यक्ष राईले सुुकुम्बासीहरुले आफूहरु पहिला बसेको ठाउँमा नै सिटी प्लान गरेर पुनर्वास गराउँदा राम्रो हुने भनेकाले सरकारले उक्त कुरा अनुसार नै काम गरे हुने अध्यक्ष राईको भनाई थियो । उहाँले प्रधानमन्त्री बालेन्द्र साहले सीमा सम्बन्धि अभिव्यक्ति संसदको रेडर्कबाट नहटेसम्म आफूहरुको विोध संसदमा जारी रहने पनि स्पष्ट पार्नुभयो ।

अध्यक्ष राईले भन्नुभयो,‘प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ । र उहाँले आफनो कर्तव्यबोध गरेर संसदमा  आएर हाम्रो केही प्रश्नहरुका उत्तर पनि दिनुहुनेछ । अर्को कुरा उहाँकै निर्देशनमा भन्ने हामीलाई जानकारी छ । सुकुम्बासी र अव्यवस्थित बसोबासीको बस्तीमा डोजर चलाएर उहाँहरुलाई बेघरबार बनाउनु भयो । बेहाल स्थिति छ । र अहिले कीर्तिपुरलगायतका राखिएका होल्डिङ सेन्टरहरुमा खाना, पानीको अभाव भएर त्यहाँ नेपाली नागरिकहरु नै हुुनुहुन्छ पक्कै पनि । मैले उहाँहरुले आन्दोलन गरिरहेका दृष्य हामीले देखिरहेका छौँ ।’

अध्यक्ष राईले सहर व्यवस्थापनका लागि विनियोजन गरेको बजेट सुकुम्बासीहरुको पुनर्वासका लागि खर्च गर्न सरकारलाई सुझाव पनि दिनुभयो ।