२ भाद्र २०८३, मंगलवार
,
Latest
कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार विधि र कानुनको अधिनमा रहेर व्यावसायिक रुपमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा सञ्चारमन्त्री डा तिमिल्सिनाको जोड जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्झौताका बाबजुद पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास’ कायमैः इरान



अ+ अ-

तेहरान। युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भए पनि तेहरानले अमेरिकाप्रति ‘गहिरो अविश्वास’ राखेको इरानको विदेश मन्त्रालयले सोमबार जनाएको छ ।

“दुर्भाग्यवस, यो स्वीकार गर्नुपर्दछ कि संयुक्त राज्य अमेरिकाप्रति इरानको गहिरो अविश्वास अमेरिकी नेताहरूको लामो इतिहासको गलत कामका कारण उत्पन्न भएको हो,” इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले साप्ताहिकरूपमा गरिने पत्रकारहरूसँगको भेटमा भन्नुभयो ।

“अमेरिकाले इरानी जनताको विश्वास जित्न अझै लामो यात्रा बाँकी छ”, उहाँले भन्नुभयो, “फेब्रुअरीको अन्त्यमा सुरु भएको युद्ध रोक्ने पहलका लागि तयार पारिएको यो प्रस्तावको ढाँचा ‘तनाव कम गर्ने र युद्ध अन्त्य गर्ने दिशामा एक कदम मात्र हो’।” रासस