१ असार २०८३, सोमबार
,
Latest
सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि रोजगार सेवा केन्द्र र निजी क्षेत्रबीच सहकार्य बढाउन सरोकारवालाको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पपुलिजमले देशलाई सही दिशा दिन सक्दैन : महासचिव पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पपुलिजमले देशलाई सही दिशामा लैजान नसक्ने बताएका छन्।

एमाले प्रचार तथा प्रकाशन विभागको पद हस्तान्तरण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले क्षणिक रूपमा जनतालाई आकर्षित गर्ने लोकरिझ्याइँका कुरा दीर्घकालमा घातक हुने उल्लेख गरे। उनले यस्ता प्रवृत्तिले समाजलाई भ्रमित बनाउने भन्दै त्यसबाट सचेत रहनुपर्ने बताए।

“यस्ता कुराले समाजलाई दिग्भ्रमित पारिरहेको छ, यो लामो समय जाँदैन,” पोखरेलले भने।

उनले पार्टी एकताबद्ध भएर अघि बढ्ने आवश्यकता औंल्याउँदै शुद्धिकरण, सुदृढीकरण र पुनर्जागरण अभियानमार्फत एमाले थप बलियो हुने स्पष्ट पारे। यसका लागि गठन गरिएको कार्यदलले काम सुरु गरिसकेको र त्यसको निष्कर्षका आधारमा पार्टीलाई अझ मजबुत बनाइने उनले बताए।

हालैको निर्वाचनमा पार्टीको पक्षमा जनमत कमजोर देखिएको उल्लेख गर्दै पोखरेलले व्यापक सुधार आवश्यक रहेको बताए। उनले जनतासँगको सम्बन्ध कमजोर हुँदा यस्तो परिणाम आएको स्वीकार गर्दै भने, “एमालेको विपक्षमा जनमत प्रकट भएको छ। यसको कारण हामीले जनतासँगको सम्बन्ध बलियो बनाउन सकेनौं। तर अब एमाले जनतासँग प्रत्यक्ष जोडिएर अघि बढ्छ।”

कार्यक्रममा प्रचार विभागका पूर्व प्रमुख राजेन्द्र गौतमले वर्तमान प्रमुख निरज आचार्यलाई अघिल्लो कार्यकालको बैठक पुस्तिका हस्तान्तरण गरेका थिए। कार्यक्रममा पूर्व प्रमुखहरू सूर्य थापा, मीनबहादुर शाही लगायतको पनि उपस्थिति रहेको थियो।