२३ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहारको पूर्वसन्ध्यामा सुनको मूल्य बढ्यो, कतिमा कारोबार भो आज ?



अ+ अ-

काठमाडौं । तिहारको पूर्वसन्ध्यामा नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । पछिल्लो दुई दिनदेखि स्थिर रहेको सुनको मूल्यमा आज प्रतितोला रु ६०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ६०० ले बढेर रु ७१ हजार पुगेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला रु ७० हजार ४०० मा कारोवार भएको थियो । यसैगरी तेजाबी सुनको मूल्य पनि रु ६०० ले नै वृद्धि भई प्रतितोला रु ७० हजार ७०० पुगेको छ । बिहीबार तेजाबी सुन रु ७० हजार ७०० मा खरीद बिक्री भएको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । आज चाँदीको मूल्य रु १० ले वृद्धि भई प्रतितोला रु ८६० मा खरीद बिक्री भइरहेको महासङ्घले जनाएको छ ।