१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोक संस्कृतिको जगेर्ना गर्नु सबैको कर्तव्य– ढकाल



अ+ अ-


काठमाडौँ । आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले लोक गीत र संस्कृति देशको राष्ट्रिय सम्पत्ति भएकोले यसको जगेर्ना गर्नु हामी सबैको कर्तव्य हो भन्नुभएको छ ।


आइएमइ लोक स्टारको फाइनल कार्यक्रमलाई शुक्रबार साँझ सम्बोधन गर्दै उनले भने– हाम्रो मौलिकता र नेपालीपन जोगाउने कर्तब्य तपाईँ हामी सबैको हो, यो सम्पत्तिलाई हामीले नै हाम्रा सन्ततिहरुमा पुस्तान्तरण गर्दै लैजानुपर्छ ।


उक्त लोकस्टार प्रतिश्पर्धामा नेपाल स्टार हुन सफल रोल्पाका सन विश्वकर्मालाई पुरस्कार प्रदान गर्दै उनले हाम्रो कला र संस्कृतिलाई हामीले नै र अहिले नै संरक्षण र सम्बर्धन गर्न सकेनौँ भने भोलि कसले गरिदेला भनी प्रश्न गरे ।

यही कर्तव्यबोधका साथ आइएमइ समूहले यो कार्यक्रमको मुख्य प्रायोजन गरेको उनको भनाई थियो । उक्त अभियानका कारण यो सानो पहलले नेपाली लोकसंगीत र संस्कृतिलाई जगेर्ना गर्न थोरै भए पनि योगदान पुर्याएको धारणा उनले राखे ।


यस कार्यक्रमबाट प्रतिभा प्रस्फुटनमा सघाएको भन्दै सबै नवप्रतिभा र यसमा सहभागी वरिष्ठ गायक तथा कलाकारहरुलाई उनले बधाई ज्ञापन गरे । यस कार्यक्रमको मुख्य प्रायोजक आइएमए समूह हो ।


उनले यस क्षेत्रका नव प्रतिभाहरुलाई आफ्ना प्रयत्नहरुलाई निरन्तरता दिई भविश्यमा यस क्षेत्रको एक राष्ट्रिय प्रतिभाका रुपमा स्थापित बन्न भन्ने कामना गरे ।


जनजिब्रोमा झुण्डिएको भाषा, भाव र शब्दलाई मनको भाका हालेर गाइने गीत नै लोक गीत हो भन्दै ढकालले भने– हामी नेपाली संसारकै बहुसंस्कृतिका धनी छौँ र हाम्रो संस्कृति र परम्परा सबैको भन्दा समृद्ध र सम्पन्न छ ।


अध्यक्ष ढकालले लोक गीत समाज रुपान्तरणको साधन हो भन्दै यसले सामाजिक संस्कार र परम्परालाई निरन्तरता दिने काम गर्ने धारणा राखे ।

रोल्पाका शनि विश्वकर्माले नेपाल लोकस्टारको उपाधि चुमेका छन्। एपीवान टेलिभिजनबाट प्रसारित सर्वाधिक पुरस्कार राशिको रियालिटी सो नेपाल लोकस्टारको उपाधिसँगै उनले ५० लाख नगद पुरस्कार र सिटिजन्स लाइफ इन्सोरेन्सका तर्फबाट २५ लाख बराबरको जीवन बिमा हात पारेका छन्।

भृकुटीमण्डपस्थित खुला मैदानमा शुक्रबार आयोजित फाइनलमा उनले ‘अमिलो रसैले…’ बोलको गीत गाएका थिए। प्रतियोगितामा स्याङ्जाका चेतन गोतामे दोस्रो भई २५ लाख नगदसँगै १५ लाख बराबरको जीवन बिमा पनि प्राप्त गरे। उदयपुर कटारीका विनोद दनुवारले १० लाख नगदसँगै १० लाख बराबरको जीवन बिमा प्राप्त गरे। रामेछापका रामकुमार नेपालीले सान्त्वना स्थान हासिल गरे। नेपालीले लिटमस इलोक्ट्रोफाइन परफरमर अफ द सिजन अवार्डसहित दुई लाख नगद प्राप्त गरे।