२३ भाद्र २०८३, मंगलवार
,
Latest
नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोक संस्कृतिको जगेर्ना गर्नु सबैको कर्तव्य– ढकाल



अ+ अ-


काठमाडौँ । आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले लोक गीत र संस्कृति देशको राष्ट्रिय सम्पत्ति भएकोले यसको जगेर्ना गर्नु हामी सबैको कर्तव्य हो भन्नुभएको छ ।


आइएमइ लोक स्टारको फाइनल कार्यक्रमलाई शुक्रबार साँझ सम्बोधन गर्दै उनले भने– हाम्रो मौलिकता र नेपालीपन जोगाउने कर्तब्य तपाईँ हामी सबैको हो, यो सम्पत्तिलाई हामीले नै हाम्रा सन्ततिहरुमा पुस्तान्तरण गर्दै लैजानुपर्छ ।


उक्त लोकस्टार प्रतिश्पर्धामा नेपाल स्टार हुन सफल रोल्पाका सन विश्वकर्मालाई पुरस्कार प्रदान गर्दै उनले हाम्रो कला र संस्कृतिलाई हामीले नै र अहिले नै संरक्षण र सम्बर्धन गर्न सकेनौँ भने भोलि कसले गरिदेला भनी प्रश्न गरे ।

यही कर्तव्यबोधका साथ आइएमइ समूहले यो कार्यक्रमको मुख्य प्रायोजन गरेको उनको भनाई थियो । उक्त अभियानका कारण यो सानो पहलले नेपाली लोकसंगीत र संस्कृतिलाई जगेर्ना गर्न थोरै भए पनि योगदान पुर्याएको धारणा उनले राखे ।


यस कार्यक्रमबाट प्रतिभा प्रस्फुटनमा सघाएको भन्दै सबै नवप्रतिभा र यसमा सहभागी वरिष्ठ गायक तथा कलाकारहरुलाई उनले बधाई ज्ञापन गरे । यस कार्यक्रमको मुख्य प्रायोजक आइएमए समूह हो ।


उनले यस क्षेत्रका नव प्रतिभाहरुलाई आफ्ना प्रयत्नहरुलाई निरन्तरता दिई भविश्यमा यस क्षेत्रको एक राष्ट्रिय प्रतिभाका रुपमा स्थापित बन्न भन्ने कामना गरे ।


जनजिब्रोमा झुण्डिएको भाषा, भाव र शब्दलाई मनको भाका हालेर गाइने गीत नै लोक गीत हो भन्दै ढकालले भने– हामी नेपाली संसारकै बहुसंस्कृतिका धनी छौँ र हाम्रो संस्कृति र परम्परा सबैको भन्दा समृद्ध र सम्पन्न छ ।


अध्यक्ष ढकालले लोक गीत समाज रुपान्तरणको साधन हो भन्दै यसले सामाजिक संस्कार र परम्परालाई निरन्तरता दिने काम गर्ने धारणा राखे ।

रोल्पाका शनि विश्वकर्माले नेपाल लोकस्टारको उपाधि चुमेका छन्। एपीवान टेलिभिजनबाट प्रसारित सर्वाधिक पुरस्कार राशिको रियालिटी सो नेपाल लोकस्टारको उपाधिसँगै उनले ५० लाख नगद पुरस्कार र सिटिजन्स लाइफ इन्सोरेन्सका तर्फबाट २५ लाख बराबरको जीवन बिमा हात पारेका छन्।

भृकुटीमण्डपस्थित खुला मैदानमा शुक्रबार आयोजित फाइनलमा उनले ‘अमिलो रसैले…’ बोलको गीत गाएका थिए। प्रतियोगितामा स्याङ्जाका चेतन गोतामे दोस्रो भई २५ लाख नगदसँगै १५ लाख बराबरको जीवन बिमा पनि प्राप्त गरे। उदयपुर कटारीका विनोद दनुवारले १० लाख नगदसँगै १० लाख बराबरको जीवन बिमा प्राप्त गरे। रामेछापका रामकुमार नेपालीले सान्त्वना स्थान हासिल गरे। नेपालीले लिटमस इलोक्ट्रोफाइन परफरमर अफ द सिजन अवार्डसहित दुई लाख नगद प्राप्त गरे।