२३ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटीकाे लगातार जित, अंक तालिकामा दाेस्राे स्थानमा उक्लियाे



अ+ अ-

काठमाडाैंः इङलिस प्रिमियर लिग अन्तरगत शनिबार खेलिएकाे पहिलाे खेलमा डिफेन्डिङ लिग च्याम्पियन म्यान्चेस्टर सिटीले एस्टन भिल्लालाइ शून्यका बिरूद्ध ३ गाेल गरी प्रभावशाली जित निकालेकाे छ ।

मध्यान्तरसम्म सिटीले एस्टन भिल्लामाथि निरन्तर दबाब बनाए पनि कुनै गाेल हुन नसकी बराबरीमा सकिएकाे थियाे, तर मध्यान्तर लगत्तै सिटीले गाेल गर्न सफल भयाे । सिटीका लागि रहिम स्टर्लिङले ४६अाैं मिनेटमा पहिलाे गाेल गरे । त्यसपछि ६५ मिनेटमा डेभिड सिल्भा र ७० मिनेटमा इल्के गुन्डाेगानले गाेल गरी सिटीकाे जित सुनिश्चित गरे ।

सिटीका डिफेन्डर फर्नान्डिन्हाे भने अभागी रहे । उनले २ पटक पहेंलाे कार्ड पाएर ८७अाैं मिनेटमा मैदान छाड्नु परेकाे थियाे ।

याे जितसँगै सिटीकाे १० खेलबाट २२ अंक भएकाे छ । पहिलाे स्थानमा रहेकाे लिभरपुलकाे ९ खेलबाट २५ अंक छ । अाइतबार राति लिभरपुलले बलियाे प्रतिपक्षी टाेटेनह्याम हस्परविरूद्ध खेल्दैछ । तेस्राे स्थानमा लेस्टर सिटी उक्लिएकाे छ । उसले शुक्रबार रातिकाे खेलमा साउथह्याम्प्टन विरूद्ध ० काे विरूद्ध ९ गाेल गरी इतिहास रचेकाे थियाे ।

शनिबारका अन्य खेलहरूमा एभर्टन विरूद्ध ब्राइटन, वाटफाेर्ड विरूद्ध बाेर्नमाउथ, वेस्टह्याम विरूद्ध शेफिल्ड युनाइटेड तथा अबेर राति चेल्सी विरूद्ध बर्नली रहेका छन् ।

एजेन्सीकाे सहयाेगमा