२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत कृषि सामग्री कम्पनी लिमिटेडको जिल्ला शाखा कार्यालयबाट झण्डै १० करोड केजी मल उठेन समस्याग्रस्त हाम्रो नयाँ कृषी र कृषी विकास सहकारीका १३२ ऋणीको नाम सार्वजनिक नगद वितरणले मात्रै गरिबी नघट्ने, आयआर्जनमुखी कार्यक्रमलाई प्राथमिकता : अर्थमन्त्री वाग्ले बजेट प्रक्रिया अगाडि बढाउन श्रम संस्कृति पार्टी लचक, विरोध भने जारी रहने आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनीः तपाईंका काण्डहरू थाहा नभएको हो र ? ति पनि… विश्वकपका खेल अनधिकृत रूपमा प्रसारण गर्ने ३५ वेबसाइट र एपमाथि रोक समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी प्रतिपक्षको आन्दोलन यथावत छ, बजेटका लागि मात्र सहजीकरण गरिएको होः सांसद राजेन्द्र राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

चालु वर्ष ६ लाख मेट्रिक टन मल आपूर्ति लक्ष्य, धान सिजनअघि ९० हजार टन थपिने सरकारको दाबी



अ+ अ-

काठमाडाैँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षको हालसम्म ५ लाख ५८ हजारमेट्रिक टनभन्दा बढी रासायनिक मल आपूर्ति भइसकेको दाबी गरेको छ ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सांसदले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री गिता चौधरीले यस्तो दाबी गर्नुभएको हो । उहाँकाअनुसार ५ लाख ५८ हजार ५ सय २२ मेट्रिक टन मल आपूर्ति भएकोमा त्यसमध्ये ४ लाख ६८ हजार १६ मेट्रिक टन मल किसानलाई वितरण समेत गरिसकेकिएको छ ।

उहाँले गोदाममा रहेको र भित्रिएर प्रणालीमा इन्ट्री हुन बाँकी रहेको समेत गरी हाल १ लाख ३८ हजार ८ सय २ मेट्रिक टन मल मौज्दात रहेको बताउनु भयो । मन्त्री चौधरीले चालु आर्थिक वर्षको असार मसान्तसम्म करिव ६ लाख मेट्रिक टन मल कृषकलाई अनुदानमा उपलब्ध गराउने लक्ष्य रहेको बताउँदै यो हालसम्मकै सबैभन्दा ठूलो आपूर्ति परिमाण भएको दाबी गर्नुभयो ।

उहाँले आगामी धान बालीको सिजनलाई लक्षित गर्दै मल अभाव हुन नदिन मल आपूर्तिकर्तासँग भएका सम्झौता कार्यान्वयनका लागि नियमित ताकेता भइरहेको बताउनुभयो । यसको फलस्वरुप असारदेखि साउनसम्म करिव ९० हजार मेट्रिक टन मल भित्रिने सरकारको अनुमान रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चालु आर्थिक वर्षको हालसम्म ५ लाख ५८ हजार ५ सय २२ मेट्रिक टन मल आपूर्ति भइसकेको छ भने ४ लाख ६८ हजार १६ मेट्रिक टन मल किसानलाई विक्री वितरण गरिसकिएको छ । गोदाममा रहेको र नेपाल भित्रिएर र गोदाममा इन्ट्री हुन बाँकी रहेको समेत गरी हाल १ लाख ३८ हजार ८ सय २ मेट्रिक टन मल मौज्दात रहेको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्मको अवधीमा कुल ६ लाख मेट्रिक टनको हारहारीमा कृषकलाई अनुदानमा मल उपलब्ध गराउने जानकारी गराउँदछु, जुन अहिलेसम्मकै धेरै परिणाम हो । नजिकै आइसकेको धानको सिजनमा मलको अभाव नहोस् भनेर मन्त्रालयले विभिन्न प्रयास र तयारीहरु गरिरहेको छ । यस क्रममा मल आपूर्तिको सम्झौता गरिसकेका मल आपूर्तिकर्ताहरुलाई समयमै मल आपूर्ति गर्न ताकेता गरिसकेको पनि जानकारी गराउन चाहन्छु । जसको परिणाम स्वरुप असारदेखि साउनसम्म करिब ९० महजार मेट्रिक टन मल नेपाल भित्रिने अपेक्षा गरेको जानकारी गराउन चाहन्छु ।’

मलको समान वितरणको लागि एकद्धार प्रणाली लागू गरिएको समेत मन्त्री चौधरीले जानकारी दिनुभयो । उहाँले मलसम्बन्धी सूचना हेर्न मिल्नेगरी मल व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा ल्याइएको समेत बताउनु भयो ।




भर्खरै