२३ भाद्र २०८३, मंगलवार
,
Latest
नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफिमको बीउ आफैँ बाँड्छन् व्यापारी



अ+ अ-

जाजरकोट । जाजरकोटका दुर्गम तथा ग्रामीण क्षेत्रमा अफिम बीउ लिएर व्यापारी पुगेका छन् । मकैबारीमा लगाएको अफिम निकाल्न र नयाँ बीउ वितरण गर्नका लागि व्यापारी गाउँमा पुगेका हुन् ।

अवैधरूपमा गरिँदै आएको यो खेती प्रहरी, प्रशासनको आँखा छल्ने ठाउँमा हुँदै आएको छ । व्यापारीले बर्सेनि सुरक्षा निकायको आँखा छल्दै खोँच, अग्ला डाँडा र नजर नपुग्ने ठाउँमा खेती गर्दै आएका छन् । जिल्लाका बारेकोट गाउँपालिका, नलगाड नगरपालिका, जुनिचाँदे गाउँपालिका र कुशेगाउँपालिकाका अग्ला ठाउँमा बर्सेनि व्यापारीले बीउ वितरण गरेर आफैँ भित्र्याउने समयमा पुग्ने गरेको स्रोतले बताएको छ ।

मकैबारीमा लगाएको अफिम र चरेस उठाएर नयाँ बीउ लगाई पाक्नेबेलामा व्यापारी पुग्ने गरेका छन् । नलगाड नगरपालिकाको वडा २, ३, ४, ५, ६ ,७ ,८ ,९, १०, ११, १२, १३ र बारेकोट गाउँपालिकाका सबै वडामा, कुशे गाउँपालिकाको अधिकांश वडामा, जुनिचाँदे गाउँपालिकाका केही वडामा खेती हुँदै आएको छ ।

स्थानीयवासीसँग मिलेर व्यापारीले खेती गरी व्यापार गर्दै आएका छन् । अफिम खेतीमा स्थानीय राजनीतिक दलका जिम्मेवारी नेता तथा कार्यकर्ता लागेको पाइएको छ ।

प्रहरी पुग्न चार घण्टाभन्दा बढी लाग्ने ठाउँमा लागु औषधको खेती हुँदै आएको छ । तोरी, तरकारी बाली, गहुँ र केराउ बारीमासँगै अफिम लगाउने गरिँदै आएको छ । मुख्य व्यापारीदेखि गाउँका साना व्यापारीको मिलेमतोमा व्यापार हुँदै आएको छ । घरमै गई बीउ लिएर कति जमीनमा कति लगाउने भन्नेसम्मको विधि नै सिकाउने गरिएको छ ।