७ पुष २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफिमको बीउ आफैँ बाँड्छन् व्यापारी



अ+ अ-

जाजरकोट । जाजरकोटका दुर्गम तथा ग्रामीण क्षेत्रमा अफिम बीउ लिएर व्यापारी पुगेका छन् । मकैबारीमा लगाएको अफिम निकाल्न र नयाँ बीउ वितरण गर्नका लागि व्यापारी गाउँमा पुगेका हुन् ।

अवैधरूपमा गरिँदै आएको यो खेती प्रहरी, प्रशासनको आँखा छल्ने ठाउँमा हुँदै आएको छ । व्यापारीले बर्सेनि सुरक्षा निकायको आँखा छल्दै खोँच, अग्ला डाँडा र नजर नपुग्ने ठाउँमा खेती गर्दै आएका छन् । जिल्लाका बारेकोट गाउँपालिका, नलगाड नगरपालिका, जुनिचाँदे गाउँपालिका र कुशेगाउँपालिकाका अग्ला ठाउँमा बर्सेनि व्यापारीले बीउ वितरण गरेर आफैँ भित्र्याउने समयमा पुग्ने गरेको स्रोतले बताएको छ ।

मकैबारीमा लगाएको अफिम र चरेस उठाएर नयाँ बीउ लगाई पाक्नेबेलामा व्यापारी पुग्ने गरेका छन् । नलगाड नगरपालिकाको वडा २, ३, ४, ५, ६ ,७ ,८ ,९, १०, ११, १२, १३ र बारेकोट गाउँपालिकाका सबै वडामा, कुशे गाउँपालिकाको अधिकांश वडामा, जुनिचाँदे गाउँपालिकाका केही वडामा खेती हुँदै आएको छ ।

स्थानीयवासीसँग मिलेर व्यापारीले खेती गरी व्यापार गर्दै आएका छन् । अफिम खेतीमा स्थानीय राजनीतिक दलका जिम्मेवारी नेता तथा कार्यकर्ता लागेको पाइएको छ ।

प्रहरी पुग्न चार घण्टाभन्दा बढी लाग्ने ठाउँमा लागु औषधको खेती हुँदै आएको छ । तोरी, तरकारी बाली, गहुँ र केराउ बारीमासँगै अफिम लगाउने गरिँदै आएको छ । मुख्य व्यापारीदेखि गाउँका साना व्यापारीको मिलेमतोमा व्यापार हुँदै आएको छ । घरमै गई बीउ लिएर कति जमीनमा कति लगाउने भन्नेसम्मको विधि नै सिकाउने गरिएको छ ।