२७ जेष्ठ २०८३, बुधबार
,
Latest
इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति गठन गरिएको छ । सभामुख डोलप्रसाद अर्यालले बुधबार प्रतिनिधि सभा नियमावलीको नियम १३ बमोजिम १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन भएको घोषणा गरेका हुन् ।

समितिमा डा. अच्युतम लामिछाने, आर्यन राई, ऐनबहादुर महर, कविन्द्र बुर्लाकोटी, क्रान्तिशिखा धिताल, खुुश्बु ओली, देवराज पाठक, निष्कल राई, निशा डाँगी, प्रकाशचन्द्र परियार, वासना थापा, युवराज दुलाल, राजन गौतम, राम लामा र विपिनकुमार आचार्य सदस्य रहेका छन् ।

समितिले प्रतिनिधि सभाको बैठक सञ्चालन, कार्यसूची व्यवस्थापन तथा अन्य संसदीय कार्यसम्बन्धी समन्वयमा सहयोग गर्नेछ ।