२७ जेष्ठ २०८३, बुधबार
,
Latest
अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु स्याङ्जाका रोमकान्त रेग्मीको मौरी व्यवसाय, वार्षिक रु ८ लाख आम्दानी सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अझै सुरु भएन प्रतिनिधिसभा बैठक



अ+ अ-

काठमाडौं । आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक निर्धारित समयमा प्रारम्भ हुन सकेन। विपक्षी दलहरूको निरन्तर अवरोध र सहमतिको प्रयास जारी रहेकाले बैठक सञ्चालनमा ढिलाइ भएको हो।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभामुख डोलप्रसाद अर्याल तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले विपक्षी दलहरूसँग छलफल गर्दै संसद्को गतिरोध अन्त्य गर्ने प्रयास गरिरहनुभएको छ।

विपक्षी दलहरूले नेपाल–भारत सीमा सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाह ले व्यक्त गर्नुभएको भनाइप्रति असहमति जनाउँदै त्यस विषयमा प्रधानमन्त्री स्वयंले संसद्मा स्पष्ट धारणा राख्नुपर्ने र विवादास्पद अभिव्यक्तिलाई संसदीय अभिलेखबाट हटाउनुपर्ने माग राख्दै आएका छन्।

उल्लेखित अभिव्यक्ति प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको जेठ १७ गतेको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा व्यक्त गर्नुभएको थियो। उक्त विषयलाई लिएर सत्तापक्ष र विपक्षी दलबीच सहमति खोज्ने प्रयास जारी रहेकाले आजको बैठक सुरु हुन ढिलाइ भएको बताइएको छ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै