२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा ई– पासपोर्टको दर्ता सुरु



अ+ अ-

वाग्मती । जिल्ला प्रशासन कार्यालय मकवानपुरले ई– पासपोर्टका लागि आजबाट प्रत्यक्ष दर्ता सुरु गरेको छ । ई–पासपोर्टका लागि सेवाग्राही आफैले पनि अनलाइन दर्ता गर्न सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

काठमाडौँ बाहिर पहिलो पटक मकवानपुरमा यो सेवा सुरु भएको हो । यसका लागि आवश्यक उपकरण र पूर्वाधारको व्यवस्थापन गरिएको बताइएको छ । सुरुमा दैनिक १५ जनाले मात्रै दर्ता गर्न सकिने र कार्यालयको क्षमता अनुसार विस्तारै यो सेवालाई थप गर्दै जाने योजना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
 
कार्यालयका अनुसार दर्ता भएको सातदेखि १५ दिनभित्र ई–पासपोर्ट उपलब्ध गराउने छन् । ई–पासपोर्टका लागि अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र फारम भरेर दर्ता गर्नुपर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो । यस कार्यबाट जिल्लाका बासिन्दा उत्साही भएका छन् । 

गाँजा र अफिमखेती नष्ट 
 
जिल्लाको विकट राक्सिरागङ गाउँपालिकाको दुई वडामा ठूलो क्षेत्रफलमा लगाइएको प्रतिबन्धित लागुऔषध गाँजा तथा अफिमखेती नष्ट गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार राक्सिरागङको ३३ बिघामा लगाइएको गाँजाखेती र १९ बिघामा लगाइएको अफिमखेती फडानी गरी नष्ट गरिएको छ ।  
 
जिल्ला प्रहरी कार्यालय मकवानपुर र वाग्मती प्रदेश प्रहरी दङ्गा नियन्त्रण प्रहरी गणबाट संयुक्तरुपमा  खटिएको ६० जनाको प्रहरीको टोलीले राक्सिरागङ गाउँपालिका–४ र ५ को विभिन्न स्थानमा लगाइएको गाँजा तथा अफिम खेती फडानी गरेको बताइएको छ । 

यसैबीच प्रहरीले अवैधरुपमा काठ ढुवानी गरेको अवस्थामा दुई जनालाई पिकअप गाडीसहित पक्राउ गरेको छ ।  गएराति २ बजे इलाका प्रहरी कार्यालय नेवार पानीबाट खटिएको प्रहरीको टोलीले गस्ती गर्दै जाने क्रममा हेटौँडा –३ स्थित सडक खण्डमा ८८.६० क्युफिट अवैध काठसहित मनहरि गाउँपालिकाको हाँडीखोलाबाट हेटौँडा–१९ बस्तीपुरतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३–००१ च १२६० नं को पिकअप गाडीसहित हेटौँडा–१२ का २४ वर्षीय सुशान्त लोप्चन र १८ वर्षीय सुदीप लोप्चनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ परेका व्यक्ति, बरामद अवैधकाठ र पिकअप गाडीलाई प्रहरीले आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय राप्ती मनहरिमा पठाएको सो कार्यालयले जनाएको छ । रासस