११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय

सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन

सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन
अ अ+ अ-

काठमाडौँ। सभामुख डोल प्रसाद (डीपी) अर्यालले सुदूरपश्चिम प्रदेशस्थित धार्मिक, पर्यटकीय तथा आर्थिक दृष्टिले महत्त्वपूर्ण क्षेत्रहरूको अवलोकन गर्नुभएको छ।

उहाँले अवलोकनका क्रममा भक्केनी धाम, ब्रह्मदेव, टनकपुर तथा प्रस्तावित सुख्खा बन्दरगाह क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको हो। यी क्षेत्रहरू धार्मिक आस्था, पर्यटन प्रवर्द्धन तथा अन्तरदेशीय व्यापारिक सम्भावनाका हिसाबले महत्वपूर्ण मानिन्छन्।

अवलोकन टोलीमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहाल, माननीय उपसभामुख रूबी कुमारी साह तथा राष्ट्रिय सभाकी उपाध्यक्ष लीला कुमारी भण्डारी को समेत सहभागिता रहेको थियो।

टोलीले सुदूरपश्चिमको विकास सम्भावना, धार्मिक पर्यटनको विस्तार तथा प्रस्तावित पूर्वाधार परियोजनाहरूको प्रभावकारी कार्यान्वयनका विषयमा समेत सरोकारवालासँग छलफल गरेको जनाइएको छ।

सरकारी तहमा यी क्षेत्रहरूको विकासलाई रणनीतिक महत्वका साथ अघि बढाउने अपेक्षा गरिएको छ, जसले सुदूरपश्चिम प्रदेशको आर्थिक तथा पर्यटन क्षेत्रलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।