१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह

मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
अ अ+ अ-

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक कार्यान्वय गर्नुपर्नेमा जोड दिएको छ ।

आयोगले आज जारी गरेको विज्ञप्तिमा वातावरण प्रदूषणको जोखिमलाई गम्भीर रूपमा लिँदै सचेत रहन, वातावरण संरक्षणमा सक्रिय सहभागिता जनाउन, प्रदूषण न्यूनीकरण गर्नुपर्नेमा जोड दिएको हो ।

जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “जैविक विविधताको संरक्षण गर्न तथा वर्तमान र भावी पुस्ताका लागि सुरक्षित एवं दिगो वातावरण निर्माणमा सहयोग गर्न आयोग सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछ ।”

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले स्वच्छ वातावरणमा बाच्न पाउने मौकिल हकको संरक्षण, प्रवर्द्धनका लागि प्रभावकारी कदम चाल्न आग्रह गरिएको बताउनुभयो ।

आयोगले भक्तपुरको मध्यपुर ठिमीमा जथाभावी फोहर फालेका कारण वातावरणमा नकारात्मक असर परेको र डडेल्धुराको अमरगढी नगरपालिकामा मानव वस्तीका बीचमा स्थानीयहरुको विरोधका बाबजुद जबरजस्ती डम्पिङ साइट बनाउन प्रयास गरेको भनी आयोगमा उजुरीसमेत परी कारबाहीको प्रक्रियामा रहेको जनाएको छ ।

आयोगले पछिल्ला वर्षहरूमा वायु प्रदूषण, वन विनाश, जलवायु परिवर्तन, फोहरमैला व्यवस्थापनको कमजोरी तथा प्राकृतिक स्रोतहरूको असन्तुलित दोहनका कारण वातावरणीय अवस्था जटिल बन्दै गएको तथा यसले जनस्वास्थ्य, जीविकोपार्जन तथा जीवनस्तरमा पारेको नकारात्मक प्रभावप्रति आयोग गम्भीर चिन्ता व्यक्त गरेको छ । रासस