१५ भाद्र २०८३, सोमबार
,
Latest
‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ९४ शव प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम दाखिला सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना



अ+ अ-

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल सवार गाडी गुल्मीमा दुर्घटनामा परेको छ।

सांसद ढकाल सवार बा ०१–०२९ च ७३४३ नम्बरको गाडी रेसुंगा नगरपालिका–४ रैंदीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।

‘गाडी सामान्य दुर्घटना भएको हो । गाडीमा चालकसहित ३ जना सवार हुनुहुँदो रहेछ, सबैजना सुरक्षित हुनुहुन्छ’, प्रहरी नायब उपरीक्षक विश्वकर्माले शिलापत्रसँग भने ।

दुर्घटनाग्रस्त गाडी सडकको लाइनबाट केही बाहिर पुगेको उनले बताए । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ । सांसद ढकाल गुल्मी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।