७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्र द्वन्द्वका दुई अयोग ९ महिनासम्म पनि पदाधिकारीविहीन, राज्यकोषको करोडौं स्वाहा



अ+ अ-

काठमाडौं । सशस्त्र द्वन्द्वका मुद्दा टुंग्याउन बनाइएका दुई अयोग पदाधिकारीविहीन भएको ९ महिना बित्दा पनि सरकारले अझै टुंगो लगाउन सकेको छैन । १ फागुन २०५२ देखि ५ मंसिर २०६३ सम्म तत्कालीन माओवादी विद्रोहीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा भएका घटनाको सत्यतथ्य अनुसन्धान गरी सरकारलाई सिफारिस गर्न बनाइएका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको चार वर्ष बिते पनि काम हुन सकेन ।

अहिले संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्न नसक्दा न्याय कोमामा पुगेको छ । तत्कालीन सरकार र तत्कालीन माओवादीबाट भएको गम्भीर मानवअधिकार उल्लंघनका घटनाका दोषीलाई कठघरामा उभ्याउन बनेको आयोग पदाधिकारीविहीन भएको लामो समयसम्म टुंगोमा पुग्न नसक्दा पीडित निराश छन् । द्वन्द्वपीडित साझा चौतारीका पूर्वअध्यक्ष सुमन अधिकारी समिति गठन गरेर दलले राजनीतिक दलका कार्यकर्ता भर्ती गरेर न्याय पाउनेमा शंका उत्पन्न हुने बताउँछन् । राजनीतिक प्रभावका कारण पदाधिकारी छनोटसमेत हुन सकेको छैन ।

चार वर्षमा पनि दुई आयोगले काम पूरा गर्न नसकेपछि पुनः सरकारले आयोगको पदाधिकारी नयाँ छनोट गरेर द्वन्द्वकालीन मुद्दा टुंग्याउन पदाधिकारी छनोट समिति गठन गरेको थियो । ११ चैत २०७५ मा बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा ५ सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो । समिति गठनसँगै आयोगका १० जना पदाधिकारीका लागि ५७ जनाले आवेदन दिएका छन् । तर, राजनीतिक खिचातानीका कारण समितिले पदाधिकारी चयन गर्न सकेको छैन ।

तर, सो समिति नै अर्कमण्यतामा रुमलिएको छ । दलहरूबीच कसलाई अध्यक्ष बनाउने भन्ने विषयमा कुरा मिल्न नसक्दा आयोगको पदाधिकारी चयन गर्न सकस भइरहेको छ । दुई आयोगको अध्यक्ष बनाउने विषयमा सत्तारूढ नेकपा र विपक्षी दल नेपाली कांग्रेसबीच रस्साकस्सी चलिरहेको छ । दलहरूको खिचातानीका कारण पीडितहरू १३ वर्षदेखि न्याय पाउनबाट वञ्चित छन् । बृहत् शान्ति सम्झौता भएको आठ वर्षपछि २०७१ सालमा यी दुई आयोग दुई वर्षभित्र काम सक्ने कार्यविधिसहित गठन भएका थिए ।

तर, पटकपटक म्याद थपेर चार वर्षको समय दिँदा पनि यी आयोगले परिणाम देखिने कुनै काम गर्न सकेनन् । आयोगले काम गर्न नसकेपछि पुन नयाँ संरचनाबाट काम गर्ने गरेर सरकारले प्रक्रिया अगाडि बढाएको भए पनि पीडित भने आश्वस्त हुन सकेका छैनन् । दुई आयोगको म्याद गत २६ माघबाट सकिएको हो। म्याद सकिएपछि दुई आयोग हाल भूमिकाविहीन छन्। सत्य निरूपण तथा मेलमिलाप आयोगमा ६२ हजार ९ सय ५० वटा विभिन्न प्रकृतिका उजुरी परेका छन्।

जसमध्ये हत्या १० हजार ८ सय ८१, अपहरण तथा शरीर बन्धक ४ हजार १ सय ४०, अंगभंग वा अपांग बनाउने ४ हजार ९ सय १८, बलात्कार तथा यौनजन्य हिंसा ३ सय २२, सम्पत्तिसम्बन्धी १६ हजार १ सय ६६, विस्थापन ५ हजार ८ सय ८१ र अन्य ५ सय ९१ वटा उजुरी परेको आयोगले जनाएको छ । त्यस्तै, बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोगमा ३ हजार १ सय ५० उजुरी परेको छ । तीमध्ये अहिले आयोगले २ हजार ५ सय २३ वटा मात्रै उजुरी अनुसन्धानको घेरामा छ ।

न्याय दिलाउने आयोगले काम नगर्दा राज्यकोषको करोडौं स्वाहा: दुई वर्षभित्र काम सक्नुपर्र्ने कार्यादेशसहित गठन भएको भए पनि दुईपटक म्याद थपिँदा पनि काम सम्पन्न हुन सकेन । चार वर्षमा दुई आयोगले राज्यकोषको ४९ करोड रुपैयाँ व्यर्थमा खर्च गरेको छ । सत्य निरूपण तथा मेलमिलाप आयोगमा २०७१ देखि आर्थिक वर्ष २०७५/७६ सम्ममा २७ करोड ७४ लाख ६६ हजार २ सय ९२ रुपैयाँ कर्मचारीको तलबभत्तामा खर्च भयो तर काम शून्य भयो । बेपत्ता पारिएका परिवारको छानबिन आयोगमा आर्थिक वर्ष २०७१/७२ देखि २०७५/७६ सम्म कुल २१ करोड ३१ लाख ५३ हजार ६४ रुपैयाँ खर्च भयो । राजधानी दैनिकबाट