३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल बंगलादेशसँग पराजित

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल बंगलादेशसँग पराजित
अ+ अ-

गोवा। साफ च्याम्पियपनसिपमा नेपाल दोस्रो पटक सेमिफाइनलबाट बाहिरिएको छ ।

सन् २०१० देखि सुरु भएको यस प्रतियोगितामा आज नेपाल बङ्गलादेशसँग पराजित भएको हो । यसअघि सन् २०१६ मा भएको साफ च्याम्प्यिनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

गोवास्थित पण्डित जवाहारलाल नेरु रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

खेलमा पहिलो अग्रता नेपालले लिएको थियो । नेपालको लागि गीता रानाले खेलको २३ औँ मिनेटमा गोल गरिन् । दीपा शाहीले प्रहार गरेको कर्नर किकमा गीताले डि बक्स एरियाबाट गोल गर्न सफल भएकी हुन् ।

नेपालको एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको पहिलो हाफको अतिरिक्त समयमा बङ्गलादेशले गोल गर्दै खेल बराबरीमा फर्कायो ।

बङ्गलादेशको लागि रितु पोर्ना चक्माले गोल गरिन् । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा बङ्गलादेशकी सागुरिकाले थप एक गोल गर्दै बङ्गलादेशको जित सुनिश्चित गरिन् ।