५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमानको हत्या आरोपमा श्रीमतीसहित तीन पक्राउ



अ+ अ-

बागलुङ। बागलुङको जैमिनीमा मजदुरको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई प्रक्राउ गरेको छ ।

सोमबार जिल्लाको जैमिनी नगरपालिका–१० राङखानी हाडीकोटमा मजदुरी गर्दै आएका लमजुङको क्व्होलासोथार गाउँपालिका–६ का ६२ वर्षीय देउबहादुर सार्कीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमतीसहित तीन जनालाई प्रक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार सार्कीकी श्रीमती २६ वर्षीया लक्ष्मी नेपाली, पोखरा महानगरपालिका–२६ जलधारेका ३८ वर्षीय रामआकाश विश्वकर्मा र मादी गाउँपालिका–३ याङ्गजाकोटका ५६ वर्षीय आसपुरे कामीलाई पक्राउ गरिएको छ ।

मृतक सार्कीसहित चारै जना हाडीकोटमा मजदुरी गर्दै आएका थिए । सोमबार बिहान छोरेडाँडाखानी गाउँमा मदिरा सेवा गरेर गर्ने स्थलतर्फ जाँदै गर्दा सामान्य विवाद हुँदा सार्कीलाई तीन जनाले ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक प्रसाईं बताउनुहुन्छ । जिल्ला अदालत बागलुङबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।

प्रहरी उपरीक्षक प्रसाईंले भन्नुभयो, “जैमिनीको हाडीकोटमा उनीहरू सबै मजदुरी गर्न आएका रहेछन्, मदिरा सेवा गरी सामान्य झैझगडा हुँदा हत्यासम्मको स्थितिमा पुगेछ, हामीलाई जङ्गलमा मजुदरको शव फेला परेको खबर पाउँदा साथ प्रहरी टोली त्यहाँ पुगेको थियो । राति नै हत्यामा संलग्न भएका तीन जनालाई गाउँबाटै नियन्त्रणमा लिएका हौँ ।”

मृतक सार्की र उहाँकी पत्नी नेपालीबीच ३६ वर्षको उमेर अन्तर देखिन्छ । बेला बेलामा श्रीमान्–श्रीमतीबीच सामान्य झगडा पहिलेदेखि नै हुँदै आएको अनुसन्धानमा खुलेको प्रसाईंले बताउनुभयो ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ । मृतक सार्कीको जेठी श्रीमतीतर्फ दुई छोरी, माइलीतर्फ एक छोरा र हालकी श्रीमतीबाट चार वर्षको छोरा रहेको प्रहरीले जनाएको छ । रासस