६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी भन्सार शुल्क हटाउन मेक्सिकोको जोड



अ+ अ-

मेक्सिको सिटी। मेक्सिकोले उत्तर अमेरिकी त्रिपक्षीय स्वतन्त्र व्यापार सम्झौताको पुनरावलोकनका क्रममा अमेरिकाले लगाइरहेका भन्सार शुल्क हटाउन जोड दिने भएको छ ।

मेक्सिकोका अर्थ सचिव मार्सेलो एब्रार्डले सोमबार यसबारे जानकारी दिँदै पुनरावलोकनसम्बन्धी औपचारिक वार्ताको पहिलो चरणपछि अमेरिकी पक्षले विभिन्न प्रस्तावहरू अघि सारेको बताउनुभयो ।

उहाँका अनुसार प्रस्तावहरूमा वस्तुको उत्पत्ति सम्बन्धी नियम, उत्पादन सामग्रीको अंश, तेस्रो मुलुकसँग सम्बन्धित व्यवस्था, इस्पात, एल्युमिनियम, सवारीसाधन उद्योग तथा आर्थिक सुरक्षाजस्ता विषय समावेश छन् ।

एब्रार्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्व व्यापार प्रणालीमा व्यापक परिवर्तन गरिरहेको टिप्पणी गर्नुभयो । उहाँका अनुसार अमेरिकाले हाल वस्तु उत्पादन भएको स्थानका आधारमा फरक–फरक भन्सार शुल्क लागू गरिरहेको छ, जुन विगतका दशकहरूदेखि प्रचलित अन्तर्राष्ट्रिय व्यापार प्रणालीभन्दा फरक नीति हो ।

मेक्सिकोको मुख्य उद्देश्य सकेसम्म न्यून भन्सार शुल्क सुनिश्चित गर्नु रहेको र आदर्श अवस्था भनेको पूर्ण स्वतन्त्र व्यापार प्रणालीमा फर्किनु रहेको उहाँले बताउनुभयो ।

अर्थ मन्त्रालयले आगामी चरणको वार्तामा औद्योगिक क्षेत्रका हित समेटिएका थप प्रस्तावहरू प्रस्तुत गर्ने तयारी गरेको छ ।

मेक्सिको र अमेरिकाबीच दोस्रो चरणको वार्ता जुन १६ र १७ मा वासिङ्टनमा हुने तय भएको छ । उक्त वार्तामा कृषि, निष्पक्ष प्रतिस्पर्धा तथा वस्तुको उत्पत्ति सम्बन्धी नियमहरूमा थप छलफल गरिनेछ ।

तेस्रो चरणको वार्ता जुलाई २० देखि मेक्सिको सिटीमा आयोजना हुनेछ । त्यस क्रममा बाँकी विषयहरू टुंग्याएर वर्षको अन्त्यतिर हुने त्रिपक्षीय संयुक्त समीक्षाको तयारी गरिनेछ । (रासस/सिन्ह्वा)