३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक

एसियन ई–लर्निङ यू–१६ क्रिकेट सुरु, पहिलो दिन ६ खेल सम्पन्न

एसियन ई–लर्निङ यू–१६ क्रिकेट सुरु, पहिलो दिन ६ खेल सम्पन्न
अ+ अ-

काठमाडौँ। काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टर–स्कुल क्रिकेट प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ।

प्रतियोगिताको उद्घाटन नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्कालगायतको उपस्थिति थियो।

प्रतियोगिताको पहिलो दिन तीनवटा मैदानमा गरी ६ खेल सम्पन्न भए। माथिल्लो मूलपानी क्रिकेट मैदानमा सम्पन्न उद्घाटन खेलमा डीएभी सुशील केडिया विश्व भारती स्कुलले नेक्सस इन्टरनेसनल स्कुललाई १९३ रनले पराजित गर्‍यो। डीएभीले दिएको २४२ रनको लक्ष्य पछ्याएको नेक्सस १२.४ ओभरमा ४८ रनमै समेटियो। डीएभीका केशव अग्रवाल र तनिष शाहले समान ३–३ विकेट लिए। यसअघि डीएभीले कमल शाहीको अविजित ९९, आरुष झाको ५६ तथा प्रसिद्ध जैशीको ४० रनको मद्दतमा २ विकेट गुमाएर २४१ रन बनाएको थियो।

सोही मैदानमा भएको दोस्रो खेलमा सैनिक आवासीय महाविद्यालयले त्रियोग उच्च माध्यमिक विद्यालयलाई १२२ रनले हरायो। १८७ रनको लक्ष्य पछ्याएको त्रियोग १०.३ ओभरमा ६४ रनमा अलआउट भयो। अनिश खड्काले २७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। सैनिकका रोशन तिवारीले ४ तथा अमन मिश्राले ३ विकेट लिए। यसअघि राजदीप आचार्यले ६७ बलमा १६ चौका र २ छक्कासहित अविजित ११५ रन बनाएपछि सैनिकले ४ विकेट गुमाएर १८६ रनको योगफल तयार गरेको थियो।

तल्लो मूलपानी क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा ग्यालेक्सी पब्लिक स्कुलले हिमालयन ह्वाइटहाउस आईबी वर्ल्ड स्कुललाई ९० रनले पराजित गर्‍यो। १४४ रनको लक्ष्य पछ्याएको ह्वाइटहाउस १६.१ ओभरमा ५३ रनमा समेटियो। ग्यालेक्सीका मिङ्मा तामाङले ३ तथा स्वीकृत रिजालले २ विकेट लिए। यसअघि ग्यालेक्सीले स्वीकृत रिजालको ३३ रनको मद्दतमा ६ विकेट गुमाएर १४३ रन बनाएको थियो।

सोही मैदानमा भएको दोस्रो खेलमा अपी स्कुलले एन्जल्स हार्ट नेसनल स्कुललाई ८ रनले पराजित गर्‍यो। १२८ रनको लक्ष्य पछ्याएको एन्जल्स हार्टले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो।

यता, त्रिवि क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा मोक्षदा स्कुलले विज्डम इङ्ग्लिस एकेडेमीलाई १२३ रनले हरायो। १६५ रनको लक्ष्य पछ्याएको विज्डम ९.४ ओभरमा ४१ रनमै अलआउट भयो। मोक्षदाका गौतम कुमार पटेलले ४ ओभरमा ४ रन मात्र खर्चेर ७ विकेट लिए। यसअघि मोक्षदाले संश्रय श्रेष्ठको ५६ र आरोन गिरीको ३६ रनको मद्दतमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो।

सोही मैदानमा भएको दिनको अन्तिम खेलमा अक्षरा स्कुलले रत्न राज्य माध्यमिक विद्यालयलाई डकवर्थ–लुइस (डीएल) विधिअनुसार ६ विकेटले पराजित गर्‍यो। वर्षाले प्रभावित खेलमा रत्न राज्यले १६ ओभरमा ६ विकेट गुमाएर ८४ रन बनाएको थियो। ८५ रनको लक्ष्य पछ्याइरहेको अक्षराको इनिङ्स ७.१ ओभरमा वर्षाले प्रभावित बनेपछि डीएल विधिअनुसार अक्षरा विजयी भयो।

प्रतियोगिताअन्तर्गत बुधबार पनि तीनवटै मैदानमा दुई–दुई खेल गरी कुल ६ खेल हुनेछन्। आगामी जेठ २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल २४ टिम सहभागी छन्। प्रतियोगिताको मुख्य प्रायोजक एसियन ई–लर्निङ प्रालि हो भने सह–प्रायोजकमा ई–सेवा छ। एसोसिएट प्रायोजकका रूपमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड र प्रभु बैंक लिमिटेड रहेका छन्।