५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विपक्षीको अवरोध, प्रतिनिधिसभा सोमबारसम्म स्थगित



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले सोमबारसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिएका हुन् ।

आजको बैठकमा विपक्षी दलहरूले बेल घेराउ गरेपछि कार्यसूचीमा प्रवेश नै हुन सकेन । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले बेल घेराउ गरेका थिए ।

विपक्षी दलहरूले जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् । प्रधानमन्त्रीले उक्त कार्यक्रममा नेपालले पनि भारतको सीमा मिचेको बताएका थिए ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलहरूले प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग गरेका छन् ।

तस्बिर : प्रदीपराज वन्त/रासस




भर्खरै