२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीबारे अध्ययन गर्न गठित कार्यदल छलफलमा



अ+ अ-

काठमाडौं ।सत्तारुढ गठबन्धन दलहरुले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे अन्य दलसँग छलफल गर्न र टुङ्गोमा पुग्न बनाएको तीन सदस्यीय कार्यदलले प्रारम्भिक छलफल सुरु गरेको छ ।

यो पनि पढ्नुहोस्- एमसीसीबारे अध्ययन गर्न गठित खनाल संयोजक रहेको कार्यदलको बैठक जारी

कार्यदलका संयोजक एवं  नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालको निबास डल्लुमा बसेको बैठकमा  कार्यदलका सदस्यहरु  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्थो । प्रारम्भिक छलफल सकारात्मक रहेको कार्य दलका सदस्य समेत रहेनु भएका  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो  ‘एमसीसीबारे एकै किसिमको धारणा बनोस् भनेर हामीले छलफल प्रारम्भ गरेका छौं । र आज प्रारम्भिक छलफल भएको छ । छलफल सकारात्मक भएको छ । र केही दिन पछि हामी छलफल गरेर एउटा निष्कर्षमा पुग्छौँ । र त्यो तपाईंहरुमार्फत् सम्पूर्ण देशबासी दाजुभाई तथा दिदीबहिनीहरूमा सुसूचित गर्छौँ । यसमा धेरै छलफल भइसकेको छ । अब यसलाई कसरी एउटा निष्कर्षमा पुर्‍याउने, त्यो बाटोमा जाने दिशामा हामी अग्रसर हुनुपर्छ ।’

सत्तारुढ पाँच दलले पुस ४ गते  एमसीसीबारे समान धारणा तय गर्न समिति गठन गरेको थियो ।