२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

माल्दिभ्समा १६ वर्ष मुनिका बालबालिकाकालागि सामाजिक सञ्जालमा प्रतिबन्ध



अ+ अ-

काठमाडाैँ । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइजुले माल्दिभ्स सरकारले १६ वर्ष मुनिका बालबालिकाहरूलाई साइबर अपराध र अन्य खतराहरूबाट जोगाउन विभिन्न सामाजिक सञ्जालमा पहुँच प्रतिबन्ध लगाउने घोषणा गरेको बताउनुभएको छ ।

साप्ताहिक पत्रकार सम्मेलनमा सोमबार बोल्दै मुइजुले अनलाइन तथा साइवर अपराधबाट बालबालिकाहरूलाई जोगाउनु स्वदेश तथा विदेशमा रहेका अभिभावकहरूका लागि प्रमुख चिन्ताको विषय बनेको बताउनु भएको छ । सरकारले नयाँ साइवर नीति तयार गर्दा अष्ट्रेलिया सहित अन्य देशहरूमा लागु गरिएका नियमहरूको अध्ययन गर्ने उहाँले बताउनु भएको छ ।

प्रस्तावित प्रतिबन्धले बालबालिकाका लागि जोखिमपूर्ण मानिने सामाजिक सञ्जालको प्रयोगहरूलाई लक्षित गर्ने मुइजुले बताउनु भएको छ । सरकारले सान्दर्भिक प्रविधि कम्पनीहरूसँग परामर्श गर्ने र सामाजिक सञ्जालका मालिकहरूसँग उनीहरूको सेवाहरू माल्दिभ्सको कानून अनुरूप सम्भव बनाउन समन्वय गर्ने जनाएको छ । राष्ट्रपति मुइजुका अनुसार यस उपाय र सर्तकताका लागि विद्यमान साइबर सुरक्षा कानुनमा संशोधन आवश्यक पर्नेछ ।

प्रतिबन्धहरूले बालबालिकाको शिक्षा वा अनलाइनबाट सिक्ने क्षमतामा बाधा नपुग्ने तर सुरक्षित डिजिटल वातावरण सिर्जना गर्न मद्दत गर्ने मुइजुले प्रष्ट पार्नु भएको छ । सरकारले निर्धारित नियमहरुलाई छिटै अन्तिम रूप दिने र सार्वजनिक परामर्श पछि एक वर्ष भित्र पुर्ण प्रतिबन्ध लगाउने लक्ष्य राखेको पीएसएम न्यूजले जनाएको छ ।