१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी



अ+ अ-

विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी हुनु भएको छ । नेम्वाङले १६९ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिस्प्रर्धी  मुक्साहाङ मेन्याङ्बोले ६४ मत प्राप्त गर्नुभएको  छ । नेम्वाङ अर्थमन्त्री जनार्दन शर्माका स्वकीय सचिव को जिम्मेबारीमा हुनुहुन्छ  ।

यसै गरी  उपाध्यक्षमा देवान चाम्लिङ (१२०), शिवकुमार डाँगी (११३) र मणिकुमार साम्पाङ (१११) विजयी हुनु भएको छ ।  यसैगरी सचिवमा गणेश उप्रेती  १४८ मत ल्याएर विजयी हुनु भएको छ भने उहाँका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत प्राप्त गर्नुभएको छ ।

यसै गरी  सहसचिवमा कुमारी राई (११४), ऋषिराम ढुंगाना (९५) र सागर किराँती (७३) विजयी भएका छन् । कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी  विजयी हुनु भएको छ । माओवादीले प्रदेश सम्मेलन मंसिर २५ र २६ गते नै गरेको भए पनि नेतृत्वका आकांक्षी धेरै हुँदा पदाधिकारी चयन गर्न सकेको थिएन । निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए ।