५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

सातै प्रदेश प्रमुखमा नयाँ अनुहारहरु, को कस्ता छन् ?

सातै प्रदेश प्रमुखमा नयाँ अनुहारहरु, को कस्ता छन् ?
अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेका छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नियुक्त गरेको हो । राष्ट्रपतिको कार्यालयद्वारा सोमबार जारी विज्ञप्तिअनुसार प्रदेश १ को प्रदेश प्रमुखमा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णुप्रसाद प्रसाई, गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिलाकुमारी पन्तलाई नियुक्त गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सातै प्रदेशका प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष नाम सिफारिस गरेको थियो । मन्त्रिपरिषद् बैठकअघि बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले सातै प्रदेश प्रमुखका लागि नाम टुङ्गो लगाएको थियो, जसमा पूर्वएमालेबाट सोमनाथ अधिकारी ‘प्यासी’, विष्णुप्रसाद प्रसाई, धर्मनाथ यादव र गोविन्दप्रसाद कलौनी गरी चार जनाको नाम सिफारिसमा परेका थिए भने पूर्वमाओवादीबाट तिलक परियार, अमिक शेरचन र शर्मिला कुमारी पन्त गरी तीन जनाको नाम सिफारिस गरिएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचनको नतिजापछि २०७४ माघ ३ गते नियुक्त गरेका प्रदेश प्रमुखहरूलाई नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार पदमुक्त गरिएको थियो । सचिवालय बैठकपछि नेकपाका महासचिव विष्णु पौडेलले संवैधानिक व्यवस्थाअनुसार नै प्रदेश प्रमुखहरूको नियुक्ति सिफारिस भएको बताए । उनले सरकारको प्रतिनिधिका रूपमा काम गर्न उपयुक्त पात्रको छनोट संवैधानिक व्यवस्थाअनुसार नै गरिएको बताए ।

उनले प्रदेश प्रमुखहरूको पदमुक्तिको विषयलाई लिएर प्रतिपक्षी दलबाट आएको प्रतिक्रियालाई लोकतान्त्रिक अधिकार भएको टिप्पणी गरे । सहकार्यको संस्कृतिको अन्त्य भएको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, “सरकारले संवैधानिक प्रक्रियाअनुसार काम गर्दा सहकार्य नै बन्द हुन्छ भन्ने लाग्दैन । ”

सोमनाथ अधिकारी ‘प्यासी’: कास्कीका प्यासी २०४३ सालमा जनपक्षीय उम्मेदवारका रूपमा राष्ट्रिय पञ्चायत सदस्यसमेत भएका थिए। राष्ट्रिय पञ्चायतमा बहुदलको माग गर्दै जनताको पक्षमा आवाज उठाउने नेता प्यासीलाई इमानदार नेताका रूपमा लिइन्छ । २०४८ सालमा नेकपा (एमाले) बाट सांसद बन्नुभएका प्यासी नेकपाको स्थायी समितिमा आमन्त्रित सदस्य हुन् ।

तिलक परियार: रोल्पाको लिवाङमा जन्मनुभएका परियार दलित मुक्ति र अधिकारको आन्दोलनमा समेत स्थापित नाम हो । माओवादी जनयुद्धमा सुरुदेखि नै सक्रिय परियार बाँके जिल्ला क्षेत्र नम्बर १ बाट संविधान सभा सदस्य भएका थिए । उनी २०२८ सालदेखि राजनीतिमा लागेका हुन् ।

विष्णुप्रसाद प्रसाई:तेह्रथुमको हाङ्पाङमा २०१० सालमा जन्मेका प्रसाई पाका वामपन्थी नेताका रूपमा चिनिन्छन् । झापाको मेचीनगर नगरपालिकाको प्रमुख पदमा उम्मेदवार भई पराजित प्रसाईले २०२७ सालबाट राजनीतिक यात्रा थालेका हुन् । धुलाबारीका स्थानीय प्रसाई जनपक्षीय जनप्रतिनिधिका रूपमा २०३० सालमै वडा सदस्य भएका थिए । २०४४ सालमा धाइजन गाउँ पञ्चायतको प्रधानपञ्च भएका प्रसाई जिल्ला विकासको उपसभापति र २०५१ सालमा चिया विकास निगमको कार्यकारी अध्यक्षसमेत भएका थिए।

अमिक शेरचन: जनआन्दोलन २०६२ ६३ पछि गठित अन्तरिम सरकारमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका शेरचन पाका कम्युनिस्ट नेताका रूपमा चिनिन्छन् । शेरचन २०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा रामेछापबाट निर्वाचन लडेका थिए ।

धर्मनाथ यादव: सिरहाको सुखीपुर नगरपालिका–६, खरही टोलमा २००० सालमा जन्मेका धर्मनाथ यादव मधेस क्षेत्रमा इमानदार नेताका रूपमा परिचित छन् । नेकपाका केन्द्रीय सदस्य यादवले २०१६ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए। शिक्षण पेसाबाट राजीनामा दिएर २०४८ सालको निर्वाचनमा उम्मेदवार बनेका यादव ०५१ सालको मध्यावधि निर्वाचनमा भाग लिए पनि पराजित भएका थिए ।

गोविन्दप्रसाद कलौनी: सुदूरपश्चिमका पाका वामपन्थी नेताका रूपमा चिनिने कलौनी प्राध्यापकको जागिर छाडेर सक्रिय राजनीतिमा आएका हुन् । उनले ०४८ साल, ०५१ सालमा नेपाली काँग्रेसका नेता शेरबहादुर देउवासँग डडेलधुरामा चुनाव लडेका थिए । २०५६ सालमा बैतडी र २०६४ सालमा कञ्चनपुरबाट चुनाव लडे पनि विजय प्राप्त गर्न सकेका थिएनन् ।

शर्मिलाकुमारी पन्त:चितवन जिल्ला रत्ननगर–१३, जयमङ्गलाकी शर्मिला त्रिपाठी बेपत्ता परिवारको सदस्य हुन् । राज्यद्वारा बेपत्ता पारिएका ज्ञानेन्द्र त्रिपाठीकी श्रीमती शर्मिला लामो समयदेखि बेपत्ता परिवारको हक र अधिकारका लागि लड्दै आएका हुन् । बेपत्ता परिवार समाजका पूर्वअध्यक्ष त्रिपाठीले माओवादी जनयुद्धका क्रममा विभिन्न जिम्मेवारीमा रहेर पार्टीमा योगदान गरेका थिए । गोरखापत्र दैनिकबाट