२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री साहको नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति तथ्यहीनः निश्कल राई



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति तथ्यहीन भएको टिप्पणी गर्नुभएको छ ।

आइतवार संघीय संसद भवन सिंहदरबार परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । सचेतक राईले सार्वभौम संसदमा प्रधानमन्त्री साहले बिना तथ्य कुरा गर्नु अशोभनीय भएको पनि बताउनु भयो । उहाँले प्रधानमन्त्रीको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनबारे पनि सुझबुझपूर्ण अभिव्यक्ति नदिएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।

सचेतक राईले भन्नुभयो,‘नेपालले पनि भारतको सीमा मिचेको छ भन्नेकुरा कि त तथ्यसम्मत ढंगले भन्न सक्नु प¥यो । यो, यो ठाउँ भनेर भन्न सक्नु प¥यो । तर प्रधानमन्त्रीज्यूले सार्वभौमसत्ता सम्पन्न प्रतिनिधिहरु भएको ठाउँमा आएर हामीले पनि भारतको सीमा मिचेका छौ भनेर एक खालको तथ्यहिन कुरा गर्नु भयो । आपत्ति छ । मानव अधिकार आयोगबारे पनि प्रधानमन्त्रीको टिप्पणी सुझबुझपूर्ण छैन ।’

सचेतक राईले प्रधानमन्त्री साहले संसदमा उठेका प्रश्नको चित्तबुझ्दो जवाफ दिन नसकेको जिकीर पनि गर्नुभयो ।