९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

३५ वर्षमा समाधान नभएको सुकुमवासी समस्या ३५ मिनेटमा हुँदैनः प्रधानमन्त्री शाह

३५ वर्षमा समाधान नभएको सुकुमवासी समस्या ३५ मिनेटमा हुँदैनः प्रधानमन्त्री शाह
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौं उपत्यकाका सुकुमवासी समस्या तत्कालै समाधान हुने विषय नभएको भन्दै व्यवस्थित र दीर्घकालीन कार्यान्वयन आवश्यक रहेको बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले लामो समयदेखि समाधान हुन नसकेको सुकुमवासी समस्या एकैछिनमा समाधान हुने अपेक्षा गर्नु व्यावहारिक नहुने स्पष्ट पारे।

उनले ३५ वर्षमा समाधान नभएको समस्या ३५ मिनेटमा हुँदैन भन्दै हतारमा भन्दा योजनाबद्ध रूपमा अघि बढेर मात्रै वास्तविक समाधान सम्भव हुने धारणा राखे।

प्रधानमन्त्री शाहका अनुसार सरकारले वास्तविक सुकुमवासीको पहिचान गर्ने, अस्थायी रूपमा होल्डिङ सेन्टरमा राख्ने र त्यसपछि स्थायी जग्गा व्यवस्थापन गर्ने नीति अनुसार काम अघि बढाइरहेको छ।

उनले स्थानीय तहमा रहँदा नै संघीय सरकारलाई यस्तो मोडेल अपनाउन सुझाव दिएको उल्लेख गर्दै अब संघीय तहमा त्यसलाई कार्यान्वयनको चरणमा लैजाने प्रयास भइरहेको बताए।

भूमि सम्बन्धी समस्या समाधानका लागि समिति गठन भइसकेको र अर्थ मन्त्रालयले चालु आर्थिक वर्षभित्र व्यवस्थापन प्रक्रिया अघि बढाउने तयारी गरेको पनि उनले जानकारी दिए।

यसैबीच, विगतका वर्षमा सुकुमवासी बस्तीहरू बाढी, डुबान र फोहोरजन्य स्वास्थ्य जोखिममा परेको कारण सुरक्षित स्थानान्तरण आवश्यक भएको सरकारको भनाइ छ।

तस्बिरः प्रदीपराज वन्त-रासस