५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘शेन्झोउ–२१’ अभियान सफल, तीन अन्तरिक्षयात्री सकुशल पृथ्वीमा फिर्ता



अ+ अ-

काठमाडाैँ । चीनको ‘शेन्झोउ–२१’ अन्तरिक्ष अभियानमा सहभागी तीन अन्तरिक्षयात्री झाङ लु, वु फेई र झाङ होङझाङ २१० दिनको सफल अन्तरिक्ष बसाइ सम्पन्न गरी शनिबार सकुशल बेइजिङ आइपुग्नुभएको छ ।

उहाँहरू शुक्रबार साँझ सुरक्षित रूपमा पृथ्वीमा अवतरण गर्नुभएको थियो। अन्तरिक्षमा लामो समय बिताएर फर्किनुभएका तीनै जना अन्तरिक्षयात्रीहरूको स्वास्थ्य अवस्था राम्रो रहेको चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रमसम्बन्धी निकायले जनाएको छ । साथै, शेन्झोउ–२१ अन्तरिक्ष अभियान पूर्ण रूपमा सफल भएको पनि पुष्टि गरिएको छ । अभियानका क्रममा उहाँहरूले अन्तरिक्ष केन्द्रमा रहेर विभिन्न वैज्ञानिक अनुसन्धान, प्राविधिक परीक्षण तथा अन्तरिक्ष केन्द्रको नियमित सञ्चालनसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गर्नुभएको थियो ।

२१० दिनको अन्तरिक्ष बसाइ चीनको अन्तरिक्ष अनुसन्धान तथा प्रविधि विकासका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । पृथ्वीमा फर्किएपछि उहाँहरू केही समय चिकित्सकीय निगरानी तथा क्वारेन्टिनमा बस्नुहुनेछ। यस अवधिमा विस्तृत स्वास्थ्य परीक्षण, शारीरिक अवस्था मूल्याङ्कन तथा आवश्यक पुनःस्थापना प्रक्रिया सञ्चालन गरिने जनाइएको छ । अन्तरिक्षमा लामो समय बिताउँदा शरीरमा पर्न सक्ने प्रभावहरूको अध्ययनसमेत यस क्रममा गरिनेछ ।

सम्बन्धित निकायका अनुसार स्वास्थ्य परीक्षण र विश्राम अवधि सम्पन्न भएपछि उहाँहरूले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमार्फत आफ्नो अन्तरिक्ष यात्राका अनुभव तथा अभियानका उपलब्धिबारे जानकारी दिनुहुनेछ । शेन्झोउ–२१ अभियानको सफल समापनलाई चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रमको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । यस सफलताले भविष्यका थप उन्नत अन्तरिक्ष अभियान तथा वैज्ञानिक अनुसन्धानका लागि महत्वपूर्ण आधार तयार गरेको विश्वास गरिएको छ ।




भर्खरै