२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट पुरानै कार्यक्रमको निरन्तरता, ७ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य चुनौतीपूर्णः रामकुमारी झाँक्री



अ+ अ-

काठमाडौँ।  नेकपा (एमाले) की नेतृ एवं राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले सरकारद्वारा प्रश्तुत बजेटले पुरानै ठूला आयोजना र कार्यक्रमहरूलाई निरन्तरता दिएको टिप्पणी गर्नुभएको छ ।

बजेटमाथि आफ्नो धारणा राख्दै उहाँले निजी क्षेत्रको प्रवद्र्धन र वैदेशिक लगानी आकर्षणका लागि गरिएका केही व्यवस्था सकारात्मक भएपनि कार्यान्वयन र लक्ष्य प्राप्तिको पक्ष चुनौतीपूर्ण रहेको बताउनुभएको हो ।

नेतृ झाँक्रीले निजी क्षेत्रलाई प्रोत्साहन गर्न पुराना करका दायित्व, जरिवाना र ब्याज मिनाहा गर्ने जस्ता ल्याइएका ‘स्किम’ हरू सकारात्मक रहेको उल्लेख गर्नुभयो ।

विशेषगरी तयारी वस्तुको तुलनामा कच्चा पदार्थको भन्सार दर एक तह कम गर्ने निर्णयले स्वदेशी उद्योगलाई राहत पुग्ने उहाँको भनाइ छ ।

यस्तै, वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) का लागि ‘वान स्टप सेन्टर’ को प्रभावकारी सञ्चालन र निर्यातमा दिइएका सुविधाहरूले लगानीको वातावरण बनाउन सहयोग पुग्ने अपेक्षा उहाँले व्यक्त गर्नुभयो ।

सरकारले लिएको ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यलाई उहाँले ‘पेचिलो’ संज्ञा दिनुभएको छ । करिव १ खर्बको पुँजीगत खर्च गरेर उक्त लक्ष्य हासिल गर्नु कठिन हुने उहाँको तर्क छ ।

उहाँले सार्वजनिक ऋणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नुपर्नेमा जोड दिँदै हालको वित्तीय व्यवस्थापनको दायित्वले नयाँ लगानीका लागि स्थान कम रहेको औंल्याउनु भयो ।

बजेटमार्फत कर्मचारीहरूको शुरु तलव स्केलमा १० प्रतिशत वृद्धि गरिएको विषयमा टिप्पणी गर्दै उहाँले यसले कर्मचारीको मनोबल बढाउने विश्वास व्यक्त गर्नुभयो ।

यद्यपि, प्रतिशतमा आधारित वृद्धिले तल्लो तहका कर्मचारीभन्दा माथिल्लो तहकालाई बढी लाभ पुग्ने उहाँले बताउनु भयो । आयोजना प्रमुखहरूलाई जथाभावी परिवर्तन नगर्ने सरकारी प्रतिवद्धतालाई उहाँले कार्यसम्पादन सुधार्ने एउटा राम्रो कदमको रूपमा लिनुभएको छ ।

उहाँले भन्नुभयो, ‘करिव १४ खर्ब राजश्व उठाउने लक्ष्य राखिएको छ, जुन वर्तमान अवस्थामा चुनौतीपूर्ण छ । कर प्रशासनलाई चुस्त बनाउँदै निजी क्षेत्रलाई प्रोत्साहित नगरेसम्म यो लक्ष्य भेटाउन सहज छैन ।’

मानव विकास सूचकांकमा पछाडि परेका मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राख्नु सरकारको संवैधानिक र अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूप नै रहेको उहाँको विश्लेषण छ क।

झाँक्रीका अनुसार बजेटमा उल्लेखित ठूला पूर्वाधारका आयोजनाहरू— जस्तै सुनकोशी–मरिन डाइभर्सन, महेन्द्र राजमार्गको स्तरोन्नति, र सुरुङमार्ग निर्माण— सबै अघिल्लो सरकारकै पालाका निरन्तर कार्यक्रमहरू हुन् ।

खानी सञ्चालन र सार्वजनिक–निजी साझेदारीका विषयहरू पनि विगतकै सरकारको नीतिको निरन्तरता भएको उहाँले दाबी गर्नुभयो । समग्रमा, नयाँ पूर्वाधारका योजनाहरू खासै नदेखिएको र पुरानै आयोजनाहरूको दायित्व व्यवस्थापनमा बजेट केन्द्रित रहेको नेतृ झाँक्रीको निष्कर्ष छ । –न्युज एजेन्सी नेपाल




भर्खरै