२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको प्रतिवद्धताः संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकि काम यथाशिघ्र छिटो सम्पन्न गरिनेछ



अर्थमन्त्री डा. स्वर्णिम वाग्ले । तस्बिर : रत्न श्रेष्ठ / रासस
अ+ अ-

काठमाडाैँ । सरकारले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकि कामलाई यथाशिघ्र छिटो सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ ।

शुक्रवार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रश्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा उक्त कुरा समावेश गरिएको हो । त्यसैगरी सरकारले राष्ट्रिय सुरक्षा नीति पुनरावलोकन गर्ने योजना पनि बनाएको उहाँले बताउनु भयो ।

अर्थमन्त्री वाग्लेले भन्नुभयो,‘शान्ति प्रक्रिया तथा संक्रमणकालीन न्याय सम्बन्धि बाँकि कामलाई यथाशिघ्र सम्पन्न गरिनेछ । राष्ट्रिय सुरक्षा नीति २०७५ को पुनरावलोकन गर्नेछौँ । नेपाली सेनाका जवानहरुको आवास स्तरोन्नति कार्यक्रमलाई निरन्तरता दिँदै रु २ अर्ब विनियोजन गरेको छु । ऐतिहासिक किल्ला र गढीलाई संरक्षण गरी पर्यटनसँग आवद्ध गर्नेछौँ ।’

सरकारले नेपाली सेनाको जवानहरुको आवास स्तरोन्नतिका लागि २ अर्व बजेटको पनि व्यवस्था गरेको छ ।