२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रम शोषणलाई आर्थिक अपराधसरह कानूनी दायरमा ल्याइने



अ+ अ-

काठमाडाैँ ।सरकारले श्रम शोषणलाई आर्थिक अपराधसरह कानूनी दायरमा ल्याउने भएको छ ।

शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सम्झौता उल्लङ्घन, ज्याला ठगी तथा श्रम शोषणलाई आर्थिक अपराध सरह कानुनी दायरमा ल्याउने बताउनु भयो । पुस मसान्तभित्र श्रम न्यायधिकरणमार्फत श्रम विवादको शिघ्र समाधान गर्ने बताउनु भयो ।

श्रम क्षेत्रमा लिखित सम्झौता, न्युनतम ज्याला, बीमा, कार्यस्थल सुरक्षा मापदण्ड तथा बैकमार्फत पारिश्रामिक भुक्तानी अनिवार्य गर्ने व्यवस्था गर्ने उहाँले जानकारी दिनुभयो । श्रमिक र रोजगारदाता अनिवार्य रुपमा श्रम रजिष्ट्रिमा आवद्ध हुनुपर्ने व्यवस्था गर्ने उहाँको भनाई छ ।

यसबाट सुरक्षा गार्ड र घरायसी कामदारका अतिरिक्त निर्माण, कृषि, आतिथ्य, ढुवानी तथा औधोगिक श्रमिक आपुर्ती गर्न ईजाजत प्राप्त संस्थाले प्रदान गर्ने विमा, आवास र डिजिटल गुनासो व्यवस्थापन लगायतका सेवाको मापदण्ड निर्धारण हुने उहाँले बताउनुभयो ।

कार्यस्थल दुर्घटनामा अनिवार्य क्षतिपुर्ती र बीमा दाबी प्रणाली थप प्रभावकारी बनाउने तथा अनौपचारिक र असंगठित क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गराउन विशेष अभियान संचालन गर्ने उहाँले उल्लेख गर्नुभयो ।




भर्खरै