११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति

उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबिच एकता

उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबिच एकता
अ अ+ अ-

काठमाडाैँ । उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबिच औपचारिक रूपमा एकता भएको छ ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले एक कार्यक्रमका बीच दुई पार्टीबिच एकताको सहमति भएको घोषणा गर्नुभएको हो । शुक्रवार पार्टी केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले हाम्रो नेपाल पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा स्वागत गर्नुभयो ।

उहाँले उज्यालो नेपाल पार्टीलाई देशको बलियो वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न विभिन्न दलहरूसँग एकता प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । यसअघि उज्यालो नेपाल पार्टीले राष्ट्रिय परिवर्तन पार्टीसँग पनि एकता गरिसकेको छ । अध्यक्ष घिसिङकाअनुसार अहिले अन्य धेरै राजनीतिक दल, बुद्धिजीवी तथा विभिन्न पेशा र व्यवसायमा आवद्ध व्यक्तिहरू उज्यालो नेपाल पार्टीमा समाहित हुने क्रममा हुनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘उज्यालो नेपाल पार्टी अब साँच्चिकै विकल्पको रूपमा स्थापित हुनेछ । आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा पार्टीको सशक्त प्रतिनिधित्व हुनेछ र त्यसपछिको निर्वाचनमा देशको नेतृत्व गर्ने गरी हामी अगाडि बढेका छौँ ।’

एकता प्रक्रियामा सहभागी भएकाहरूलाई बधाई दिँदै घिसिङले पार्टीको भावी योजना र सहमतिका विस्तृत विषयमा दुवै पार्टीका महासचिवहरूले थप स्पष्ट पार्ने बताउनु भयो ।