२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

इम्पायर एजुकेशन’ को ब्रान्ड एम्बास्डरमा अनमोल नियुक्त



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्रका नायक अनमोल केसी ‘इम्पायर इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेस’ को ब्रान्ड एम्बास्डरमा नियुक्त भएका छन् । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच ‘इम्पायर’ का प्रमुख स्वतन्त्र प्रताप शाह र नायक अनमोलबीच सम्झौता भएको हो ।

कार्यक्रममा नायक अनमोलले विश्वास कमाइसकेको ब्रान्डसँँग जोडिन पाएकोमा खुसी व्यक्त गरेका छन् । आफू भविष्यमा अध्ययनका लागि विदेश जान सक्ने बताएका छन् । यता इम्पायरका प्रमुख स्वतन्त्र प्रताप शाहले अनमोलसँगको व्यक्तिगत सम्बन्ध र उनको लोकप्रियतालाई देखेर नै ब्राण्ड एम्बास्डर नियुक्त गरेको बताए ।

अनमोलसँग जोडिँदा संस्थाको लक्षित विद्यार्थीमाझ पुग्न सकिने उनको विश्वास छ । उनले चाँडै अनमोलसँग अन्य कुरामा पनि सहकार्य हुने जानकारी दिएका छन् । कार्यक्रममा नायक अनमोलले विदेशमा प्राप्त गर्ने ज्ञान र सिपलाई नेपालमा लगाउन उनले जोड दिएका छन् । उनी भन्छन्, ‘विदेश त्यतिकै विकशित भएको त होइन होला, त्यहाँ केही न केही एक्स्ट्रा ज्ञान छ । त्यसलाई नेपाल ल्याएर केही गर्न सक्दा देशलाई नै राम्रो हुने बताए ।’ इम्पायर एजुकेशनले अष्ट्रेलियामा अध्ययनका लागि विद्यार्थीहरु पठाउने गरेको छ ।