६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

आर्थिक सर्वेक्षण २०८२/८३ः गरिबी घट्यो, आयु बढ्यो, कृषि क्षेत्र सुस्त

आर्थिक सर्वेक्षण २०८२/८३ः गरिबी घट्यो, आयु बढ्यो, कृषि क्षेत्र सुस्त
अ+ अ-

काठमाडाैँ । मुलुकमा गरिबी दर घटेको छ भने मान्छेहरुको बाच्ने आयु बढेको छ ।

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालमा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या घटेर २०.२७ प्रतिशतमा पुगेको छ । बहुआयामिक गरिबी पनि घटेर १७.४ प्रतिशतमा सीमित भएको छ । स्वास्थ्य सेवामा सुधारसँगै नेपालीहरूको औसत आयु ७१.३ वर्ष पुगेको छ ।

बुधवार संघीय संसद्मा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रश्तुत गरेको सर्वेक्षणले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, ऊर्जा, बैंकिङ तथा पूर्वाधार क्षेत्रमा सुधार देखिए पनि कृषि क्षेत्रमा भने सुस्तता आएको देखाएको छ ।

कुल गार्हस्थ उत्पादन (जीडीपी) मा गैरकृषि क्षेत्रको योगदान बढ्दै जाँदा कृषि क्षेत्रको योगदान घट्दै गएको सर्वेक्षणले देखाएको छ । विशेषगरी धान रोप्ने समयमा परेको खडेरी र भित्र्याउने बेलाको अत्यधिक वर्षाका कारण कृषि उत्पादन प्रभावित भएको उल्लेख गरिएको छ । चालु आर्थिक वर्षमा कृषि क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर १.५८ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ ।

गत वर्ष यस्तो वृद्धिदर ३.०५ प्रतिशत थियो । मुख्य खाद्यान्न बाली धानको उत्पादन यस वर्ष ४.१६ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ । तराई क्षेत्रमा रोपाइँका बेला परेको खडेरी र भित्राउने समयमा भएको अत्यधिक वर्षाले उत्पादनमा नकारात्मक असर परेको सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षणअनुसार १५ देखि २४ वर्ष उमेर समूहका युवाको साक्षरता दर ९४.२ प्रतिशत पुगेको छ भने माध्यमिक तहको खुद भर्ना दर ५१.६ प्रतिशत रहेको छ । सार्वजनिक संस्थानतर्फ आर्थिक वर्ष २०८१÷८२ सम्म सञ्चालनमा रहेका ४५ संस्थानमध्ये २७ वटा मात्रै नाफामा रहेका छन् ।

१६ वटा संस्थान घाटामा छन् भने २ वटा बन्द अवस्थामा रहेका छन् । गत वर्ष २८ वटा संस्थान नाफामा थिए । सरकारको सार्वजनिक संस्थानमा कुल लगानी ७ खर्ब ९८ अर्ब ५६ करोड पुगेको छ । यसमध्ये ३ खर्ब ७० अर्ब २५ करोड सेयर लगानी र ४ खर्ब २८ अर्ब ३१ करोड ऋण लगानी रहेको छ ।

आर्थिक सर्वेक्षणअनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या ३६ लाख ४१ हजार पुगेको छ भने योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा २८ लाख ५० हजार श्रमिक आबद्ध भएका छन् । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या ६९ लाख नाघेको छ ।

चालु वर्षमा मात्रै २ लाख ७३ हजारले नयाँ श्रम स्वीकृति लिएका छन् भने २ लाख ५१ हजारले पुनः श्रम स्वीकृति लिएका छन् ।  मातृ मृत्युदर घटेर प्रति लाख जीवित जन्ममा १५१ मा झरेको छ भने बाल मृत्युदर ३१ रहेको छ । २१ लाख ४८ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । सरकारी अस्पतालको संख्या ८ हजार ९७६ पुगेको छ । देशभर सडक सञ्जाल १ लाख ४ हजार ९०६ किलोमिटर पुगेको छ । टेलिफोन घनत्व १०३.२ प्रतिशत र इन्टरनेट पहुँच १४५.७ प्रतिशत पुगेको छ ।

ऊर्जा क्षेत्रमा ९९.१ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको छ भने कुल जडित विद्युत् क्षमता ४ हजार १०५ मेगावाट पुगेको छ । भारततर्फ २ हजार ९१८ गिगावाट घण्टा विद्युत् निर्यात भएको उल्लेख छ ।

उद्योग विभाग र लगानी बोर्डमार्फत चालु वर्षमा ४ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । सन् २०२५ मा ११ लाख ६२ हजार पर्यटक नेपाल भित्रिने र उनीहरूको औसत बसाइ १६.३४ दिन पुग्ने अनुमान गरिएको छ ।

फागुनसम्म बैंक तथा वित्तीय संस्थामा ६ करोड २० लाख निक्षेप खाता र २० लाख ४० हजार कर्जा खाता पुगेका छन् । मोबाइल बैंकिङ प्रयोगकर्ता करिव ३ करोड पुगेका छन् । निक्षेप ६.६४ प्रतिशतले बढ्दा निजी क्षेत्रतर्फको कर्जा ४.४ प्रतिशतले वृद्धि भएको छ । बैंकहरूको निष्क्रिय कर्जा अनुपात ५.४२ प्रतिशत पुगेको छ ।

नेप्से परिसूचक २८२०.४५ बिन्दुमा पुगेको छ भने कुल बजार पुँजीकरण ४७ खर्ब ४४ अर्ब पुगेको छ । डिम्याट खाता खोल्नेको संख्या ७६ लाख ३९ हजार पुगेको छ, जुन कुल जनसंख्याको २६ प्रतिशत हो ।