६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सरकारले भारतबाट ५० हजार मेट्रिक टन मल खरिद प्रक्रिया अघि बढाएकाे छ: मन्त्री चौधरी

सरकारले भारतबाट ५० हजार मेट्रिक टन मल खरिद प्रक्रिया अघि बढाएकाे छ: मन्त्री चौधरी
अ+ अ-

काठमाडाैँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकार गम्भीर रूपमा लागेको बताउनुभएको छ।

बुधवार प्रतिनिधि सभाका सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री चौधरीले हालै भारतसँग ५० हजार मेट्रिक टन रासायनिक मल खरिद गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। उहाँका अनुसार मध्यपूर्वमा देखिएको द्वन्द्वका कारण मलको उत्पादन तथा आपूर्तिमा असर परेकाले अन्तर्राष्ट्रिय बजारमा आपूर्ति र मूल्य दुवैमा चुनौती देखिएको छ।

मन्त्री चौधरीले सरकार किसानलाई लागत सहभागिताका आधारमा अनुदानमा मल उपलब्ध गराउँदै आएको उल्लेख गर्नुभयो। चालु आर्थिक वर्षमा हालसम्म ५ लाख ५४ हजार ७६२ मेट्रिक टन रासायनिक मल आपूर्ति भइसकेको र ४ लाख ६३ हजार १६० मेट्रिक टन किसानलाई बिक्री भइसकेको उहाँको भनाइ छ। साथै गोदाममा रहेको र भित्रिएर गोदाम इन्ट्री हुन बाँकी गरी हाल १ लाख ४४ हजार ५८५ मेट्रिक टन मल मौज्दात रहेको पनि उहाँले जानकारी दिनुभयो।

उहाँका अनुसार चालु आर्थिक वर्षको असारसम्म करिब ६ लाख मेट्रिक टन मल किसानलाई अनुदानमा उपलब्ध गराइने लक्ष्य राखिएको छ, जुन हालसम्मकै उच्च परिमाण हुने दाबी गरिएको छ।

मन्त्री चौधरीले आपूर्तिकर्ताहरूसँग भइसकेका सम्झौता अनुसार करिब १ लाख ८७ हजार मेट्रिक टन मल समयमै आपूर्ति हुन नसकेको पनि उल्लेख गर्नुभयो। आगामी धान रोपाइँको मौसमलाई लक्षित गर्दै मल अभाव हुन नदिन मन्त्रालयले आपूर्तिकर्तालाई निरन्तर ताकेता गरिरहेको उहाँले बताउनुभयो।

साथै, सरकारको सिफारिसमा जी–टु–जी माध्यमबाट भारतसँग ५० हजार मेट्रिक टन मल खरिद गर्न मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिइसकेको र प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो।

मन्त्री चौधरीले रासायनिक मलको सन्तुलित प्रयोगसँगै जैविक तथा प्राङ्गारिक मलको प्रयोगलाई प्रोत्साहन गर्ने नीति पनि सरकारले अघि सारेको स्पष्ट पार्नुभयो ।