२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने काठमाडौँ जिल्ला अदालतमा हाजिर भई तारेख बुझेका छन् ।

स्वर्णलक्ष्मी सहकारी बचत अपचलनसम्बन्धी आफू विरुद्ध दायर विचाराधीन मुद्दामा उनी आज अदालतमा उपस्थित भएका हुन् ।

अदालतका अनुसार लामिछानेले तोकिएको तारेख अनुसार हाजिर भई तारेख बुझेका छन् । यसअघि सोही मुद्दामा उनी ६० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

अदालतले उक्त मुद्दाको अर्को तारेख असार ११ गतेका लागि तोकेको छ ।