२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल हुने



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आज बस्ने बैठकमा माननीय सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले “राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक, २०८२ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार उक्त विधेयकमाथि आजको बैठकमा सैद्धान्तिक छलफल अघि बढाइनेछ ।

चलचित्र क्षेत्रको नियमन, व्यवस्थापन तथा प्रवर्द्धनसँग सम्बन्धित व्यवस्था समेटिएको विधेयक राष्ट्रिय सभाबाट उत्पत्ति भएको हो ।

विधेयकमाथि प्रतिनिधिसभाका सांसदहरूले धारणा राख्ने कार्यक्रम समेत रहेको जनाइएको छ । सरकारले चलचित्र उद्योगलाई समयानुकूल, व्यवस्थित र प्रविधिमैत्री बनाउन नयाँ कानुनी व्यवस्था आवश्यक रहेको बताउँदै आएको छ ।