२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणी नदीमा आपतकालिन तटबन्ध निर्माण गरिने



अ+ अ-

काठमाडौं । नारायणी नदी किनारमा वर्षातमा बाढीले क्षति पु¥याउन सक्ने ठाउँमा आपतकालिन तटबन्ध गर्न बोलपत्र आह्वान गरिएको छ ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुरले चितवनतर्फको भागमा तटबन्ध गर्न रु १६ करोड ५० लाख बराबरको बोलपत्र आह्वान गरेको हो ।

आयोजनाका सूचना अधिकारी सागर पौडेलका अनुसार तीन प्याकेजमा बोलपत्र आह्वान गरिएको छ । भरतपुर महानगरपालिका–१६ को सिद्धि गणेश मन्दीर नजिक तटबन्ध गर्न बोलपत्र आह्वान गरिएको छ । यस्तै महानगरपालिकाकै वडा नम्बर १७ को मजुवा र बाढीको बढी जोखिम देखिएका ठाउँमा तटबन्ध गर्र्ने तयारी छ ।

सूचना अधिकारी पौडेलका अनुसार आउँदो वर्षको जेठ २५ गतेसम्म काम सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरिएको हो । सिद्धि गणेश मन्दीर वरपर तटबन्ध भत्किएको छ भने मजुवा क्षेत्रमा तटबन्ध गर्न बाँकी छ । यो बजेटबाट ५०० मिटर मर्मत एवं नयाँ तटबन्ध निर्माण गरिने छ । यसअघि चितवनतर्फको ३५ किलोमिटर नारायणी किनारमध्ये २० किलोमिटर क्षेत्रमा तटबन्ध हुँदै छ ।

यसै आर्थिक वर्षमा मनसुनजन्य विपत् शिर्षकमा रु पाँच करोडको लागतमा भरतपुर महानगरपालिका–२८ को तामाङ् टोलमा तटबन्धको काम भइरहेको छ । वर्षातमा नारायणीमा पानीको सतह बढेसँगै हुन सक्ने क्षतिको आँकलन गरी तटबन्ध मर्मत र नयाँ टतबन्ध निर्माणका लागि बजेट निकासा गरिएको हो । निर्वाचनको समयमा चितवन क्षेत्र नम्बर ३ मा मतदाताकहाँ पुग्दा कानुनमन्त्री सोविता गौतमसँग नदी तटिय क्षेत्रका बासिन्दाले तटबन्धको माग गरेका थिए ।

मन्त्री गौतमले नारायणी नदी तटिय क्षेत्रमा बसोबास गर्ने बासिन्दाले भोगिरहेको जोखिम, बाढीजन्य क्षतिलगायतका समस्याका कारण नारायणी पुलदेखि गोलाघाटसम्मका अत्यन्त जोखिमयुक्त स्थानमा मनसुनबाट हुनसक्ने विपद्को पूर्वतयारीस्वरूप तटबन्ध निर्माणकार्य गर्न लागिएको बताउनुभयो ।

स्थानीयले पटक–पटक गुनासो तथा ध्यानाकर्षण गराउँदै आएकाले यसलाई मध्यनजर गर्दै सङ्घीय बजेट व्यवस्थापन भई सोमबार बोलपत्र आह्वान गरिएको उहाँले बताउनुभयो । तटबन्ध गर्न बाँकी रहेका ठाउँमा आगामी वर्ष बजेट बिनियोजन गरी काम अघि वढाउन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएको उहाँले जानकारी दिनुभयो ।




भर्खरै