१० भाद्र २०८३, बुधबार
,
Latest
दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘तमासा’ शब्द प्रयोग गरेपछि सांसद जगदीश खरेलमाथि संसद्मा नियमापत्ति



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले व्यक्त गरेको अभिव्यक्तिमाथि नियमापत्ति भएको छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले खरेलले प्रयोग गरेको ‘तमासा’ शब्द असंसदीय र अपमानजनक भएको भन्दै संसद्को रेकर्डबाट हटाउन माग गरेका हुन् ।

प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको विरोधका बीच सभामुख डोलप्रसाद अर्याल ले बैठकलाई अगाडि बढाएका थिए । सो क्रममा पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल अघि बढाइएको थियो ।

विधेयकमाथि धारणा राख्न रोष्ट्रम पुगेका सांसद खरेलले विपक्षी दलको विरोधलाई ‘तमासा’को संज्ञा दिएका थिए । त्यसपछि नेकपाका सांसद मल्लले उक्त शब्द संसदीय मर्यादाविपरीत भएको भन्दै नियमापत्ति गरेका हुन् ।