४ असार २०८३, बिहीबार
,
Latest
संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न—औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा विचारको बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्नुपर्छ: उपाध्यक्ष पौडेल प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशी पर्यटकलाई निगरानी गर्न प्रवेश बिन्दुमै ‘युनिक आईडी’ दिनुपर्छः पर्यटन विभाग



अ+ अ-

काठमाडाैँ । पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले विदेशी पर्यटकको निगरानी तथा व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन पर्यटक प्रवेश बिन्दुमै ‘युनिक आईडी’ दिनुपर्ने बताउनुभएको छ ।

मंगलवार विभागमा आयोजित ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।  उक्त प्रणाली लागू भइसकेपछि विदेशी पर्यटक नेपालभित्र जहाँ गएपनि उनीहरूको गतिविधिसम्बन्धी विवरण अध्यागमन प्रणालीमार्फत ट्र्याक गर्न सहज हुने उहाँको भनाइ छ ।

महानिर्देशक लामिछानेले विदेशी पर्यटकको तथ्यांक र सूचनालाई व्यवस्थित तथा सुरक्षित ढंगले राख्ने अध्यागमन विभागको प्रयास प्रशंसनीय रहेको बताउनु भयो । उहाँले सूचना व्यवस्थापन प्रणाली विकास गर्दा पर्यटकको गोपनीयता संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले सूचना संकलन प्रक्रिया सहज, छिटो र अतिरिक्त झन्झटबिना सञ्चालन हुने गरी प्रणालीको विकास गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विदेशबाट आउने पर्यटकहरुको तथ्यांक तथा सूचनाहरुलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्ने जुन अध्यागमन विभागको प्रयास छ त्यो अत्यन्त प्रशंसनीय छ । हामी सबैको आपसि सहकार्यमा यो सम्भव भएको हो । अध्यागमन विभागले यसको नेतृत्व गरिरहेको छ । सूचना व्यवस्थापन प्रणालीमा हामीले कन्सियस हुँदै विकास गर्दै लैजानुपर्छ । शुरुमा हामीले पर्यटकको गोपनीयतामा ख्याल गर्नुपर्छ । त्यसको लागि हाम्रो सबै प्रणालीहरु प्रभावकारी हुन जरुरी छ । अर्को कुरा पर्यटकको सूचना संकलनको लागि हामीले अतिरिक्त एफोर्ट गर्नु नपरोस् । सहज रुपमा तथ्यांक संकलन गर्न सहज होस् भन्ने कुरा हेर्नुपर्छ ।’

उहाँले पर्यटन प्रवद्र्धनको लागि पर्यकटीय पूर्वाधार विकासमा जोड दिनुपर्ने समेत बताउनु भयो ।