४ असार २०८३, बिहीबार
,
Latest
सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न—औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा विचारको बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्नुपर्छ: उपाध्यक्ष पौडेल प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की



अ+ अ-

काठमाडाैँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वर्षको बजेट मुख्यरूपमा उत्पादन, रोजगारी र पर्यटनमा केन्द्रित हुने बताउनुभएको छ ।

प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमासम्बन्धी छलफल तथा अन्तरक्रियामा उहाँले बजेटले स्थानीय उत्पादनको प्रवर्द्धन, गरिबी निवारण र पर्यटन विकासलाई विशेष जोड दिने बताउनुभयो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका १३७ वटा पालिकासँगको साझेदारीमा ‘एक पालिका, एक कृषि उत्पादन’ विकास गरी रोजगारी सिर्जना गर्ने तथा रैथाने उद्योगलाई प्रोत्साहन गर्ने नीति अघि सारिने बताउनुभयो ।

उहाँले प्रदेश सरकारले कृषि र दुग्ध उत्पादनको क्षेत्रमा दिँदै आएको अनुदानले प्रदेशको गरिबी घटाउन मद्दत पुगेको विचार राख्नुभयो । प्रदेशभित्र रहेका २०० वटा घरेलु उद्योगलाई प्रोत्साहन गर्नका लागि चार हजार कर्मचारीलाई लुगा भत्तामा थप रु पाँच हजार पाँच दिएर उहाँहरूलाई हप्तामा एकदिने घरेलु उद्योगका पोशाक लगाउने प्रावधान यही जेठ महिनादेखि कार्यान्वयन हुने जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ‘भिजिट कोशी’ घोषणा गरी विदेशमा रहेका नेपालीलाई निम्ता गरी यस क्षेत्रको पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने बताउनुभयो । उहाँले प्रदेशका २९ पालिका जोडेर चार पदमार्ग निर्माण सम्पन्न भएपछि यस क्षेत्रको स्थानीय उत्पादन वृद्धि हुनाका साथै गरिबी निवारण र रोजगारीमा सहयोग पुग्ने धारणा राख्नुभयो ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले प्रदेश सरकारको उदय परियोजनाले ग्रामीण क्षेत्रमा साना तथा मझौला उद्योगबाट उत्पादन वृद्धि हुनाका साथै ब्याज अनुदानबाट कृषि उत्पादनको वृद्धिका साथै आधुनिकीकरणमा सहयोग पुग्ने विश्वास जनाउनुभयो । प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनवारले प्रदेश सदस्यहरूलाई एउटा जिल्ला, एउटा साझा योजना ल्याउन अनुरोध गर्दै खानेपानी तथा पहाड तथा हिमाली क्षेत्रबाट बसाइँसराइ न्यूनीकरण गर्ने योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।

प्रदेशका मुख्य सचिव राजेन्द्रकुमार पौडेलले आयआर्जन रोजगारी, स्वास्थ्य र शिक्षाम सबैको पहुँचको हिसावले बजेट आउने विश्वास जनाउनुभयो । मन्त्रालयका सहसचिव सुशील बाँस्तोलाले प्रदेशको आर्थिक सामाजिक अवस्था कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । अन्तरक्रियामा प्रदेश सदस्यहरूले पर्यटन, कृषिको आधुनिकीकरण, पहाडी तथा हिमाली क्षेत्रका बासिन्दाको बसाइँसराइ न्यूनीकरण गर्न विशेष कार्यक्रम ल्याउन सझाव दिनुभएको छ ।