५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, ३८ जना घाइते



अ+ अ-

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–४ बरइपुरस्थित तौलिहवा–बहादुरगञ्ज हुलाकी सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्।

प्रहरीका अनुसार काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस आज बिहान करिब सवा ३ बजे आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने १९ जनाको अवस्था मध्यम र अन्य १७ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी मनोहर भट्ट ले जानकारी दिए।

घाइते सबैलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको