६ श्रावण २०८३, बुधबार
,
Latest
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

योग समिति नेपालको अध्यक्षमा डा. गिरिराज भट्टराई सर्वसम्मत निर्वाचित



अ+ अ-

काठमाडाैँ । योग समिति नेपाल केन्द्रीय समिति, नेपालगन्जको अध्यक्षमा पुनः योगगुरु एवं आयुर्वेदाचार्य डा गिरिराज भट्टराई सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

योग समिति नेपालगञ्जले स्थापना दिवस तथा चौथो अधिवेशन सम्पन्न गर्दै उहाँलाई अध्यक्षमा चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा निर्मला शाह र लोकमाया सुवेदी (सुमित्रा), सचिवमा टङ्क पौडेल, सहसचिवमा दीपक थापा, कोषाध्यक्षमा अनिता श्रेष्ठ तथा सह–कोषाध्यक्षमा मन्दरा शर्मा चयन हुनुभएको छ ।

त्यसैगरी, सदस्यहरूमा प्रेम केसी, सविता शर्मा, प्रमोद अग्रवाल, मोतिराम वली, डा दिनेश कुमार चौधरी, ताराप्रसाद अधिकारी र रामचन्द्र तिवारी हुनुहुन्छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले योगले मानिसलाई शारीरिक रूपमा सशक्त बनाउने बताउँदै स्वस्थ समाज निर्माणका लागि योग अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं २ का अध्यक्ष मनोज श्रेष्ठले नियमित योगाभ्यासले अनुशासित, सकारात्मक र स्वस्थ नागरिक निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा वक्ताहरूले आधुनिक जीवनशैली, व्यस्तता र तनावका कारण बढ्दै गइरहेका विभिन्न स्वास्थ्य समस्याबाट बच्न योग प्रभावकारी माध्यम भएको बताउनुभयो ।

कार्यक्रममा पत्रकारितामार्फत योग तथा स्वास्थ्य चेतना फैलाउन योगदान पु¥याएको भन्दै नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंलाई सम्मान गरिएको थियो । समितिकी उपाध्यक्ष लोकमाया सुवेदीका अनुसार हाल योग समिति नेपालका बाँके, बर्दियालगायत विभिन्न जिल्लामा गरी ५८ केन्द्र सञ्चालनमा छन् ।