२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरीमा यात्रुवाहक बसको ठक्करबाट वृद्धको मृत्यु



अ+ अ-

काठमाडाैँ । महोत्तरीकाे सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जलेश्वर नगरपालिका–६ बस्ने ७५ वर्षीय वृद्ध चन्देश्वर साह रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताउनुभयो । जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ख.४७५८ नम्बरको यात्रुवाहक बसले जलेश्वर नपा–२ स्थित मटिहानी चोकमा पैदल यात्री साहलाई ठक्कर दिँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका पैदल यात्री प्राथमिक उपचारपश्चात् थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकामा उनको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको हो ।

घटनापश्चात् जिल्ला प्रहरीबाट खटिगएको प्रहरी टोलीले बस र बस चालक जिल्लाको पिपरा गाउँपालिका–९ अलिपट्टि बस्ने सत्यनारायण यादवलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरी नायब उपरीक्षक गोलेले बताउनुभयो ।