६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कर प्रणाली व्यवस्थित गर्न ‘इकोसिस्टम’ र अनिवार्य डिजिटल बिलिङ आवश्यक छः कर विज्ञ खड्का

कर प्रणाली व्यवस्थित गर्न ‘इकोसिस्टम’ र अनिवार्य डिजिटल बिलिङ आवश्यक छः कर विज्ञ खड्का
अ+ अ-

काठमाडौं । बजेटको पूर्व सन्ध्यामा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आफ्ना सदस्यहरूलाई ‘बजेट तथा कर’ र ‘सम्पत्ति शुद्धिकरण’ सम्बन्धी बिषयमा दुई छुट्टा–छुट्टै तालिम प्रदान गरेको छ ।

बजेट तथा करको बिषयमा कर विज्ञ रुप खड्का र सम्पत्ति शुद्धिकरणको बिषयमा बरिष्ठ पत्रकार श्रीधर खनालले तालिम दिएका हुन् । सरकारले आगामी जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्दैछ । त्यसको पूर्व सन्ध्यामा नाफिजले तालिम आयोजना गरेको हो । तालिमका अवसरमा कर विज्ञ रूप खड्काले सिद्धान्त बाहिर गई नेपालमा हजारौ शिर्षकमा अन्तःशुल्क लगाउने गरिएको बताए । अन्तःशुल्क प्रदुषण, मदिरा, सुर्तीजन्य वस्तुमा मात्रै लगाउनु पर्नेमा अन्धाधुन्ध लगाउने गरिएको उनको भनाइ छ ।

उनले पत्रकारमा करका अन्तर्राष्ट्रिय सैद्धान्तिक विषयमा जानकारी हुनुपर्ने बताए । पत्रकार करका सैद्धान्तिक रूपमा जानकार हुनुपर्ने बताउँदै करका दरमा गरिएको चलखेल बुझ्नु राम्रो हुने उनको भनाइ छ ।

खड्काले नेपालमा ९६ प्रतिशत राजश्व मुख्यतः पाँच शिर्षकबाट उठ्ने गरेको बताए । जसमा मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क, भन्सार महसुल, वस्तुगत कर लगायत छन् । भ्याट १३ प्रतिशत लाग्छ भने भन्सार र अन्तःशुल्कमा फरक फरक दर छन् । स्वदेशमा उत्पादन गर्ने वस्तुमा पनि मूल्य अभिवृद्धि कर र अन्तःशुल्क लाग्ने गर्छ । त्यस्तै, आयकर व्यक्तिले गरेको आम्दानीमा लाग्छ भने संस्थागत आयकर कम्पनीहरूको मुनाफा लाग्छ । व्यक्तिगत आयकर विवाहित र अविवाहित लागि फरक सिमा रहेको छ । पाँच लाख रूपैयाँ अविवाहित र विवाहितको लागि ६ लाख रूपैयाँसम्म एक प्रतिशत लाग्छ । त्यसमाथिको आम्दानीमा भने १०, २०, ३०, ३६, ३९ प्रतिशतसम्म आयकरमा कर लाग्ने गर्छ ।

विज्ञ खड्काले नेपालमा व्यक्तिगत आयकरको तल्लो र माथिल्लो सिमा परिवर्तन गर्न माग भएपनि छिमेकी देशहरूको दर हेरी सिमा निर्धारण गर्नुपर्ने बताए । नेपालका प्रतिस्पर्धी देशको तुलनामा यस्तो दर कम राख्नु उपयुक्त हुने उनको भनाइ छ । सार्क देशको तुलनामा नेपालमा आयकरको दर बढी भएकाले बजेटमा घटाउने विषयमा सोच्नुपर्ने उनको सुझाव छ । भन्सारबाट आयात हुने वस्तुमा शुरूमा भन्सार महसुल लाग्छ । भन्सार महसुलसहितको मुल्यमा अन्तःशुल्क लाग्छ । अन्तिममा मूल्य अभिवृद्धि कर लाग्ने गरेको छ । धेरै देशले भन्सार महसुल कम लगाउने गरेका छन् । तर नेपालमा भन्सार दर बढी लिदाँ उपभोक्तालाई बढी भार पर्ने गरेको उनको भनाइ छ ।

भन्सारका दरको तह र संख्या घटाउनु उपयुक्त हुने उनको भनाइ छ । अन्तराष्ट्रिय भ्याट विज्ञको रूपमा परिचित खड्काले सिमित वस्तु बाहेक सबैमा मूल्य अभिवृद्धि कर लगाउन सकिने बताए । विश्वभर नै सबैभन्दा व्यवस्थित कर भ्याट रहेको उनको भनाइ छ । नेपालमा धेरै वस्तुमा शुरूमा भ्याट लगाएपनि अहिले स्वार्थ अनुसार छुट दिने गरेको उनको भनाइ छ ।

भ्याट वस्तु अनुसार फरक फरक नभई सबै वस्तुमा एउटै दर लगाउनु पर्ने बताए। विश्वका १८० देश मध्ये ४–५ वटा देशले मात्रै बहुदर लागू गरेको उनको भनाइ छ । उनले अर्थतन्त्र चलायमान बनाउन भ्याटको दर घटाउन सकिने बताए । सरकारले करको सुधारका लागि अनिवार्य बिल काट्ने प्रणाली लागू गर्नु पर्ने उनको भनाइ छ ।

विश्वका धेरै देशमा स–साना कारोबारमा पनि डिजिटल मेसिनबाट बिजक जारी हुने गरेको उनको भनाइ छ । सरकारले कर प्रणालीलाई व्यवस्थित गर्न इकोसिस्टम बनाउनेगरी ध्यान दिनुपर्ने उनको भनाइ छ । बरिष्ठ आर्थिक पत्रकार श्रीधर खनालले आर्थिक पत्रकारहरु सम्पत्ति शुद्धिकरणको बिषयमा चनाखो हुनुपर्ने बताए ।

नेपालको हकमा अहिले सम्पत्ति सुद्धिकरण जल्दोबल्दो बिषय भएको बताउँदै यस सम्बन्धी बिषयमा प्रभावकारी रिपोर्टिङ गर्नुपर्ने उनको भनाइ छ । नाफिजकी अध्यक्ष मेनुका कार्कीले नाफिजका सदस्यहरुको क्षमता अभिवृद्धिका लागि आगामी दिनमा पनि तालिम कार्यक्रम गरिने बताइन् ।