५ श्रावण २०८३, मंगलवार
,
Latest
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मीनबहादुर गुरुङले दान दिएको जग्गा एमालेले फिर्ता गर्ने



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङले अनुदानस्वरूप निर्माण गरी दिने प्रस्ताव गरेको पार्टी कार्यालय भवन नलिने निर्णय गरेको छ । गुरुङ दम्पतीले कलङ्की क्षेत्रमा जग्गासहित भवन निर्माण गरिदिने प्रस्ताव अघि सारे पनि पार्टीले त्यसलाई औपचारिक रूपमा स्वीकार नगर्ने भएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा प्रस्तुत गरेको प्रस्तावअनुसार उक्त दान प्रस्तावप्रति आभार व्यक्त गर्दै फिर्ता गर्ने र अब पार्टी कार्यालय आफ्नै पहलमा मदननगर, बल्खुमै निर्माण गर्ने निर्णय गरिएको छ ।

प्रस्तावमा भनिएको छ, “कलङ्कीमा भवन निर्माण गर्ने दातृ प्रस्तावका लागि धन्यवाद दिँदै उक्त प्रस्ताव फिर्ता गर्ने र पार्टी कार्यालय बल्खुमै निर्माण गर्ने निर्णय गरिनेछ।”

यसअघि दानमा पार्टी कार्यालय लिन लागिएको विषयलाई लिएर पार्टीभित्रै केही नेताहरूले असन्तुष्टि जनाएका थिए । उक्त विवादकै क्रममा नेतृ बिन्दा पाण्डे र उषाकिरण तिम्सिनामाथि कारबाहीसमेत गरिएको थियो ।