६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशले भौतिक पूर्वधारमा फड्को मारेको छ : मुख्यमन्त्री पाण्डे



अ+ अ-

काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले भौतिक पूर्वधारमा ठूलो फड्को मारेको बताउनुभएको छ । बुधबार बागलुङ नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले चारवर्षे कार्यकाल पूरा गरेको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशभर ९० प्रतिशत भौतिक पूर्वाधार विकास प्रदेश सरकारमार्फत भएको उहाँले दाबी गर्नुभयो । प्रदेश सरकारमार्फत थुप्रै महत्त्वपूर्ण काम भए पनि जनतालाई बुझाउन नसकेको मुख्यमन्त्री पाण्डेको भनाइ छ ।

जनतामा केही भएन भन्ने भाष्य निर्माण भएको भन्दै अब हरेक जनप्रतिनिधिले गरेको काम जनतालाई बुझाउनुपर्ने उहाँले बताउनुभयो । हरेक जनप्रतिनिधिले नागरिकमा भएको निराशालाई आशामा बदल्ने काम गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिनुभयो । उहाँले भन्नुभयो, “सङ्घीयता आएपछि प्रदेश सरकारले धेरै विकास निर्माणका काम गरेको छ, तर हामीले गरेको विकासका बारेमा जनतालाई भन्न सकेनौँ, त्यसले गर्दा जनतामा केही भएन भन्ने भाष्य निर्माण भयो, केही भएन भन्ने भाष्य निर्माणले निराशा छ, त्यो निराशालाई चिर्नतर्फ लाग्नुपर्छ ।”

प्रदेश सरकारले सीमित स्रोत र साधनका बीच जनताको चाहना पूरा गर्न लागेको उहाँले बताउनुभयो । जनतालाई स्वास्थ्य, शिक्षा, विद्युत्बाट वञ्चित हुन नदिन जनस्तरबाटै योजना बनाएर काम गर्दै आएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । यातायात, खानेपानी र उज्यालो गण्डकी कार्यक्रममार्फत जनता प्रत्यक्ष लाभान्वित हुने गरी काम भइरहेको उहाँको भनाइ छ ।